विशाल महादेव मूर्तिको ४० प्रतिशत निर्माण कार्य सम्पन्न

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा २२ स्थित पुम्दीकोटमा हाल निर्माण हुँदै गरेको विशाल महादेवको मूर्ति सहितको परियोजना गण्डकी प्रदेशकै नयाँ प्रोडक्टको रुपमा भएको दाबी गरेका छन् । बुधबार विशाल महादेवको मूर्तिको निर्माण कार्य भई रहेको उक्त स्थलमा पुगेर अवलोकन गरे पश्चात विशाल महादेवको मूर्ति निर्माणले धार्मिक पर्यटकीय गन्तव्यको रुपमा प्रदेशको नयाँ प्रोडक्ट भएको बताए ।

सम्बन्धित सामग्री

खानेपानी आयोजना अलपत्र

पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ मा रहेको आँपचौर खानेपानी आयोजनाको काम अलपत्र परेको छ । खानेपानी योजना निर्माणको जिम्मा पाएको प्रकृति कश्यप समीर जेभीले काम नगरिदिँदा अलपत्रमा परेको हो । तीन वर्षमा ४० प्रतिशत मात्र निर्माण कार्य सम्पन्न गरेको प्रकृति कश्यप समीर जेभीका ठेकेदार सम्पर्कमा नआएपछि दुई वर्षदेखि खानेपानी आयोजनाको कामले गति लिन सकेको छैन । खानेपानी योजनाको यसअघि निर्माण गरिएको संरचनासमेत जीर्ण बन्दै गएको छ ।

कोहलपुरको नमूना बसपार्क दशैं अगाडि नै सञ्चालन आउँदै

जेठ ४, बाँके । कोहलपुरमा निर्माणाधीन लामो दूरीको नमूना बसपार्क दशैं अगाडि नै सञ्चालनमा आउने भएको छ । बसपार्कको टर्मिनल भवन निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य सहायक पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । दशैंअघि पूर्णरुपमा सञ्चालनमा आउने गरी बसपार्कको संरचना निर्माण कार्य भइरहेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । उनका अनुसार, बसपार्कको टर्मिनल भवन रङ्गरोगन गर्न बाहेक अरु काम आंशिक रुपमा सम्पन्न भएको छ ।  लामो दूरीका बस छुट्ने गरी निर्माण गरिएको सो बसपार्कभित्र अत्याधुनिक शौचालय, स्वास्थ्य जाँचको व्यवस्था र प्रहरीको युनिटसमेत रहने छ ।  कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले आप्mनो कार्यकालका लागि बसपार्क निर्माण निकै महत्वपूर्ण रहेको बताए । उनले नगरपालिकाको यथेष्ट बजेट नभए पनि कोहलपुर नगरविकास समितिको ऋण सहयोगले समयमै बसपार्क निर्माण गर्न सकिएको उल्लेख गरे । कोहलपुरमा अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले लामोदूरीमा सञ्चालन हुने बसको लागि कोहलपुर चौराह नजिकै नेपालकै नमूना अत्याधुनिक बसपार्क निर्माण थालिएको हो ।  उनका अनुसार, २०७७ फागुन २४ गते रू. २७ करोड ८४ लाख ६६ हजारमा बसपार्क निर्माणका लागि सम्झौता भई काम शुरु भएको हो । बसपार्क निर्माणको लागि कुल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट रकम विनियोजन गरिएको छ ।  ५ बिघा १६ कठ्ठामा निर्माण भइरहेको बसपार्कको खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको छ ।  निर्माण व्यवसायी टेकबहादुर खडकाले तोकिएको सम्झौता अवधि अगावै उक्त बसपार्क नगरपालिकालाई हस्तान्तरण गरिने बताए । उनका अनुसार, अत्याधुनिक कोहलपुर बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्स सहितको हुनेछ ।  पाँच तलाको सपिङ कम्प्लेक्ससहितको निर्माणाधीन कोहलपुर बसपार्क नेपालकै अत्याधुनिक बसपार्क हुने कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर बालकृष्ण महतराले बताए । अहिलेसम्म निर्माण कार्य प्रगति हेर्दा समयमै सम्पन्न हुने अपेक्षा गरिएको उनले जानकारी दिए । कोहलपुर बसपार्कलाई नगरपालिकाले गौरवको योजनाका रुपमा अगाडि सारेको कार्यपालिका सदस्य एवम् आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए । बसपार्क निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न जनप्रतिनिधिलेसमेत आवश्यक अनुगमन तथा निर्माण कम्पनीसँग समन्वय गर्दै आएको उनको भनाइ छ । रासस

सेती नदी जलविद्युत आयोजनाको अवलोकन

पोखरा- गाण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले शनिबार सेती नदी जलविद्युत आयोजनाको अध्ययन तथा अवलोकन गरेका छन् । उक्त आयोजनामा हालसम्म करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको रेसिडेण्ट इन्जिनियर रामराज कोइरालाले बताए ।माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलास्थित भराभरीमा निर्माण हुन लागेको सेती नदी जलविद्युत आयोजना डिसेण्डिङ वेसिन (पाइप सिस्टम) बाट निर्माण हुन लागेको २५ मेगावाट क्षमताको […]

शेयर अभौतिकीकरण गर्न सामलिङ्ग पावर कम्पनीको अनुरोध

मंसिर १३, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गरिसकेकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।  कम्पनीले सोमवार सूचना जारी गर्दै संस्थापक शेयरधनी र आयोजना प्रभावित स्थानियमा यो अनुरोध गरेको हो । संस्थापकतर्फ र आयोजना प्रभावित स्थानियतर्फको स्वामित्वमा रहेको शेयरसमेत धितोपत्र दोस्रो बजारमा सूचीकृत भैसकेको छ । सर्वसाधारणतर्फको शेयर कारोबार योग्य भएपनि संस्थापक तर्फ र आयोजना प्रभावित स्थानियतर्फको शेयर भने २०८१ साल कात्तिक १५ गतेदेखि मात्र कारोबार योग्य हुनेछ ।  धितोपत्र बजार पूर्ण अनलाईन कारोबार प्रणालीमा गैसकेको अवस्थामा कम्पनीले संस्थापक र आयोजना प्रभावित स्थानियलाई पनि अभौतिक रुपमा शेयर धारण गर्न अनुरोध गरेको हो ।  यसका लागि संस्थापक शेयरधनीहरुले आफ्नो सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क राखी लकइन पिरियड सहितको डिआरएन मार्फत सहज तरिकाले शेयर अभौतिकीकरण गराउन कम्पनीले भनेको हो ।  त्यस्तै आयोजना प्रभावित स्थानियले भने कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सम्पर्क राखी आफुलाई बाँडफाँट भएको शेयर कित्ताको जानकारी पश्चात सम्बन्धीत निक्षेप सदस्यकोमा लकइन पिरियड सहितको डिआरएन मार्फत शेयर अभौतिकीकरण गराउन कम्पनीले भनेको छ । कात्तिक १६ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले मंसिर २४ गते धितोपत्र दोस्रो बजारमा ५० लाख कित्ता शेयर सूचीकृत गराएको थियो । कम्पनीमा संस्थापकतर्फ ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ भने सर्वसाधारणमा आयोजना प्रभावित स्थानियसहित २४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहेको छ । संस्थापकतर्फ ३७ लाख ७० हजार कित्ता लगानी रहेको कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता र दोस्रो चरणमा सर्वसाधारणमा रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर जारी गरेको हो ।  उक्त कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन शुरु गरिसकेको छ । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ ।

दोस्रो बजारमा सामलिङ्ग पावरको आईपीओले कति पाउला मूल्य रेञ्ज ?

कात्तिक १९, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९८ दशमलव ७७ देखि रू. २९६ दशमलव ३१ सम्मको मूल्य रेञ्ज पाउने देखिएको छ ।  तिहार अघि अर्थात् गत कात्तिक १६ गते कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो ।दोस्रो बजारमा सूचीकृत भएपश्चात नयाँ कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने व्यवस्था छ ।  आर्थिक वर्ष २०७६/ ७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. १० लाख ३५ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष २०७७/ ७८ मा रू. २ करोड ४० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण कम्पनीले गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । कम्पनीमा हाल कुल जारी पूँजीको संस्थापकतर्फ ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।  कम्पनीको जारी पूँजी भने रू. ५० करोड रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गरेको हो । यसमध्य पनि स्थानियमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा पनि शेयर जारी गरिसकेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।  आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गरेको हो । कम्पनीले सर्वसाधारणमा भने रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर जारी गरेको हो । सर्वसाधारणतर्फको कुल कित्तामध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरी बाँडफाँट गरेको हो ।   कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन शुरु गरिसकेको छ । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ ।

अन्तिम दिनसम्म करीब २३ लाखले भरे सामलिङ पावरको आईपीओ

कात्तिक ८, काठमाडौं । कात्तिक ४ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ अन्तिम दिन सोमवारसम्म २२ लाख ६५ हजार ६९८ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट सोमवार साँझ ५ बजेसम्म २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताको लागि आवेदन परेको हो । जुन आवेदन मागभन्दा ३९ दशमलव ६७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयरमध्य २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम संकेत गर्ने इक्राएनपी आईआर डबल बी माईनस रेटिङ प्रदान गरेको छ । सर्वसाधारणलाई आईपीओ जारी गर्नुअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर वितरण गरिसकेको छ । सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गरिसकेको हो । आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात् २ लाख कित्ता शेयर विक्री गरेको हो । यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन शुरु गरिसकेको छ । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ । कम्पनीको तत्काल जारी पूँजी पनि रू. ५० करोडनै रहेको छ । हाल संस्थापक तर्फ कम्पनीमा ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गर्न लागेको हो । यसमध्येपनि स्थानीयमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहनेछ । सर्वसाधारणमा आईपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुग्नेछ । कम्पनीको आर्थिक वर्ष ०७६/७७ सम्मको वास्तविक वित्तीय अवस्था अनुसार उक्त अवधिसम्म कम्पनी रू. १० लाख ३५ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा रू. २ करोड ४० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. शून्य दशमलव २७ ऋणात्मक छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीले प्रतिकित्ता रू. ९८ दशमलव ७७ देखि तीन गुणासम्म रू. २९६ दशमलव ३१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

लगानी बोर्डको लक्ष्य : ५ वर्षमा १० अर्ब डलर लगानी

काठमाडौं । लगानी बोर्डले आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने लक्ष्य लिएको छ । बोर्डले आगामी ५ वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक–निजी–साझेदारी (पीपीपी)का परियोजना व्यवस्थापन गर्ने लक्ष्यसहितको रणनीतिक योजना बुधवार सार्वजनिक गरेको छ । बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औं वार्षिकोत्सव समारोहमा लक्ष्यसहितको योजना सार्वजनिक गरे । समारोहलाई सम्बोधन गर्दै देउवाले दिगो विकास लक्ष्य प्राप्त गर्न कुल वार्षिक औसत ५ खर्ब ५८ अर्ब रूपैयाँ अपुग हुने समेत बताए । उक्त योजनमा कम्तीमा १ लाख रोजगारी सृजना गर्न सहयोग गर्ने र प्रभावकारी लगानी प्रवद्र्धनका लागि वातावरण निर्माणमा योगदान पुर्‍याउने बताइएको छ । रणनीतिक योजनामा लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न महत्त्वपूर्ण पाँच मूल लक्ष्यसमेत लिइएको छ । परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारीसहित चारखम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच पनि योजनामा छ । समारोहमा देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताउँदै विषम परिस्थितिमा लगानी बोर्डले लगानी भिœयाउन उल्लेख्य काम गरिरहेको बताए । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त परियोजनामा निजीक्षेत्रलाई समावेश गराउन आवश्यक रहेको बताउँदै उनले निजीक्षेत्रको लगानीको आवश्यकता राष्ट्रिय गौरवको परियोजना भएकाले अब सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत अघि बढाउनुपर्ने बताए । समारोहमा अर्थमन्त्री जनार्दन शर्माले अब बोर्ड एक कदम अघि बढेर लगानीका उपयुक्त परियोजनासहित लगानीकर्तासमक्ष पुग्नुपर्ने बताए । सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाई समेत सहभागी गराउनुपर्नेमा उनको जोड थियो । उनले भने, ‘पीपीपी मोडलमा अर्काे एउटा ‘पी’ अर्थात् पिपुललाई थप्नुपर्छ । आयोजना प्रभावित क्षेत्रका जनतालाई सहभागी नगराउँदा निर्माण प्रक्रियामा अवरोध हुने र आयोजनाको लागतसमेत बढ्ने गरेको छ । त्यसैले लगानीको ‘थ्री पी’ मोडललाई ‘फोर पी’ मा परिणत गर्नुपर्छ ।’ नेपालमा उपलब्ध तुलनात्मक रूपमा सस्तो श्रम शक्ति र अथाह प्राकृतिक स्रोतसाधन नै मुख्य पूँजी भएको भन्दै मन्त्री शर्माले त्यसको परिचालनमार्पmत विकास र समृद्धिको यात्रालाई गति दिन लगानी बोर्डले उत्प्रेरकको रूपमा काम गर्नुपर्नेमा जोड दिए । लगानी बोर्डले १ दशकको अवधिमा आर्थिक विकास र समृद्धिका लागि ठूल/ठूला स्तरका लगानी भिœयाउन संस्थागत आधार तयार गरेको उल्लेख गर्दै उनले अब क्षेत्रीय साझेदारहरूसँगको लगानी सहभागितालाई सुदृढ गरी वैश्विक आर्थिक मञ्चबाट लाभ उठाउनुको प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा सार्वजनिक निजी साझेदारी व्यवस्थापनको मुख्य निकाय लगानी बोर्ड रहेको उल्लेख गर्दै निजीक्षेत्रलाई आकर्षित गर्न सहकार्य जरुरी रहेको बताइन् । बोर्डले पूर्वाधारको विकास महत्त्वपूर्ण रहेको निष्कर्षका साथ काम गरिरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए । उनले भने, ‘पूर्वाधार विकासलाई तीव्ररूपमा अघि बढाउन लगानी बोर्डले लगानीयोग्य परियोजनाको सूची तयार गरेको छ, यसले लगानीकर्ताका लागि प्रतिफल र देशको आवश्यकता पूरा गर्ने सुनिश्चितता प्रदान गर्नेछ ।’ एक दशक लामो अनुभवबाट परियोजना विकास, कार्यान्वयन तथा लगानीकर्ताका लागि सहजीकरणमा लगानी बोर्ड बलियो हुँदै गएको उनले बताए । कार्यक्रममा चिनियाँ कम्पनी होङ्सी होल्डिङ ग्रूप चाइनाका प्रबन्ध निर्देशक ल्यू सु होङले नेपालमा झन्डै ४० अर्ब लगानी गरेर सिमेन्ट उत्पादन थालेको बताए । उनका अनुसार चिनियाँ कम्पनी होङ्सी होल्डिङ ग्रूप चाइनाले नेपालमा थप लगानी गर्न चाहेको छ । नेपालको एसएच इन्भेस्टमेन्ट लिमिटेडसँग सहकार्य गरी होङ्सी होल्डिङको दोस्रो फेज र दाङ सिमेन्ट परियोजना विकास गर्न आफू अघि बढेको उनले जानकारी दिए । १० वर्षमा ८ खर्ब ३३ अर्बको लगानी स्वीकृत लगानी बोर्ड नेपालले १ दशक अवधिमा ८ खर्ब ३३ अर्ब रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । ठूला परियोजनामा सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलबाट लगानी जुटाउन २०६८ सालमा बोर्ड स्थापना गरिएको थियो । दशक अवधिमा बोर्डले २७ ओटा विभिन्न आयोजनाहरू स्वीकृत गरेको छ भने सातओटा ठूला आयोजना अघि बढाउन समझदारी सम्झौता (एमओयू) गरेको छ । यस्तै, दुईओटा परियोजना सम्झौता र दुईओटा लगानी सम्मेलन आयोजना गरेको छ । ठूला आयोजनाअन्तर्गत यस अवधिमा लगानी बोर्डबाट सहजीकरण गरिएको ३६० मिलियन अमेरिकी डलर (४३ अर्ब २० करोड रुपैयाँ) बराबरको चीन–नेपाल संयुक्त लगानीको होङसी शिवम् सिमेन्ट कारखाना सञ्चालनमा आइसकेको छ । यसको दैनिक उत्पादन क्षमता ६ हजार टन रहेको छ । १४० मिलियन अमेरिकी डलर बराबरको चीन–नेपाल संयुक्त लगानीको ह्वासिन सिमेन्ट नारायणी सञ्चालन तयारीमा रहेको छ । यसको दैनिक उत्पादन क्षमता ३ हजार टन रहेको छ । १ खर्ब ४४ अर्ब रुपैयाँ अनुमानित लागतसहित ९०० मेगावाट क्षमताको अरूण तेस्रो र १ खर्ब १६ अर्ब रुपैयाँ अनुमानित लागतसहित ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली हाइड्रोपावर प्रोजेक्टका लागि परियोजना विकास सम्झौता (पीडीए) भएको बोर्डले जानकारी दिएको छ । भारत र नेपालको संयुक्त लगानीमा बन्न लागेको अरूण तेस्रोको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र यो आयोजनाबाट सन २०२३ मा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।