पुम्दीकोटमा महायज्ञ

पोखरा महानगर–२२ स्थित पुम्दीभुम्दीको पुम्दीकोटमा आइतबारदेखि महायज्ञ सुरु हुने भएको छ । महायज्ञ वैशाख १२ सम्म चल्ने छ । पुम्दीकोट विशाल महादेवको मूर्ति परियोजना अन्तर्गत अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्त रकम भुक्तानीका लागि पुनः दोस्रोपल्ट महायज्ञ आयोजना गर्न लागिएको आयोजक पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

सम्बन्धित सामग्री

महायज्ञबाटै ३ करोड ५२ लाख संकलन, महादेवको विशाल मूर्ति निर्माण

कास्की । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षक गन्तव्य पोखराको पुम्दीकोटमा १० दिने विशाल महायज्ञ सम्पन्न भएको छ । उक्त महायज्ञबाट तीन करोड ५२ लाख रुपियाँ संकलन भएको महायज्ञ आर्थिक उपसमितिका सह-संयोजक निर्मल बरालले जानकारी दिए । १० दिनसम्म सञ्चालन भएको महायज्ञबाट तीन करोड ५२ लाख रुपियाँ संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा […]

पोखराको पुम्दीकोटमा आइतबारदेखि पुनः महायज्ञ सुरु हुने

पोखराको पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गरेको पुम्दीकोट विशाल महादेवको मूर्ति परियोजनालाई थप प्रभावकारी बनाउन पुनः दोस्रो पटक आइतबारदेखि महायज्ञ सुरु हुने भएको छ । २० करोडको परियोजनाबाट प्रारम्भ भएको उक्त परियोजना समयअनुसार योजना परिमार्जित हुँदा हाल ४० करोडको बृहत् योजना समेटिएकाले बाँकी कार्य योजना र केही ऋण चुत्ता गर्नका लागि दोस्रो पटक महायज्ञ […]

पोखराको पुम्दीकोटमा आयोजित महायज्ञ स्थगित

पोखरा महानगरपालिका वडा नं. २२ स्थित पुम्दीकोटमा हुने भनिएको शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव स्थगित भएको छ । महायज्ञ माघ महिनाको ८ देखि १८ गतेसम्म सञ्चालन गर्ने गरी तयारी गरिएको थियो ।

पोखराको पुम्दीकोटमा आयोजित महायज्ञ स्थगित

पोखरा महानगरपालिका वडा नं. २२ स्थित पुम्दीकोटमा हुने भनिएको शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव स्थगित भएको छ । महायज्ञ माघ महिनाको ८ देखि १८ गतेसम्म सञ्चालन गर्ने गरी तयारी गरिएको थियो ।

पोखराको पुम्दीकोटमा आयोजित महायज्ञ स्थगित

पोखरा महानगरपालिका वडा नं. २२ स्थित पुम्दीकोटमा हुने भनिएको शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव स्थगित भएको छ । महायज्ञ माघ महिनाको ८ देखि १८ गतेसम्म सञ्चालन गर्ने गरी तयारी गरिएको थियो ।

पुम्दीकोटको करिब चार करोड ऋण, पुनः महायज्ञ गरिँदै

पोखराको प्रमुख पर्यटकीय गन्तव्यस्थल पुम्दीकोटमा विशाल महादेवको मुर्ती निर्माण गर्दा तीन करोड ७५ लाख रुपैयाँ ऋण लागेको छ ।  यो ऋण तिर्न र थप संरचना निर्माण गर्न माघ ८ देखि १८ गतेसम्म शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरिएको छ ।

पुम्दीकोटको करिब चार करोड ऋण, पुनः महायज्ञ गरिँदै

पोखराको प्रमुख पर्यटकीय गन्तव्यस्थल पुम्दीकोटमा विशाल महादेवको मुर्ती निर्माण गर्दा तीन करोड ७५ लाख रुपैयाँ ऋण लागेको छ ।  यो ऋण तिर्न र थप संरचना निर्माण गर्न माघ ८ देखि १८ गतेसम्म शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरिएको छ ।

१० करोड संकलन गर्ने उद्देश्यसहित पुनः पुम्दीकोटमा महायज्ञ हुने

धार्मिक पर्यटनको गन्तव्य हुन थालेको पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोट बिशाल महादेवको मूर्तिको अधुरा काम पूरा गर्न पुनः महायज्ञ हुने भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा बिशालम हादेवको मुर्तिका अधुरा काम पुरा गर्न आउँदो माघ महिनाको ८ देखि १८ गतेसम्म शिवमहापुराँण एवं धार्मिक पर्यटन महोत्सव हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा […]

पोखरामा थपिएको नयाँ पर्यटकीय गन्तब्य पुम्दीकोटमा पर्यटकको चहलपहल बढ्दै

मंसिर १९, कास्की । पोखरामा पछिल्लो समयमा थपिएको आकर्षक एवम् मनमोहक पर्यटकीय गन्तब्य पुम्दीकोटमा महादेवको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।  समुन्द्र सतहदेखि १ हजार ५०० मिटरको उचाइमा रहेको यस ठाउँलाइ आकर्षक गन्तब्यको रुपमा विकास गर्न महादेश शिवको भिमकाय मुर्तिसहित आकर्षक भौतिक संरचना निर्माण गरिएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्न थालेको छ ।  ४० करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटकको प्रबर्द्धन गर्नका लागि ५२ फिट अग्लो शिवमुर्ति सहितका अन्य संरचना निर्माण गरिएको छ । पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटको टाकुरामा विशाल महादेव शिवको मुर्ति निर्माको काम अन्तिम चरणमा पुगेको छ ।  उत्तरतर्फ आकासलाई क्षितिज बनाए चाँदीका घेरा जस्तै सामुन्ने टल्किएका हिम श्रृंखलासँगै अंकमाल गरेको सराङ्कोट, काखमा रहेको फेवाताल र पोखरा क्षेत्रको मनोरम दृष्यावलोकन गर्न पुम्दीकोटमा दिनहुँ पर्यटक पुग्न थालेका छन् । पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको यस पुम्दीकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल समेत शुरु भइसकेको छ ।  पर्वत फलेवास घर भई हाल पोखरा–५ मालेपाटन बस्ने पदम शर्मा फुर्सदको समयमा मूर्ति निर्माणस्थल पुम्दीकोटमा पुग्ने गरेको बताउँछन् । ‘फुर्सदको समयमा परिवारसहित रमाइलोका लागि यहाँ आउने गरेको छु, त्यहाँ आएपछि सारा थकान मेटिएको अनुभूति हुन्छ,’ उनले भने,’ ‘मन चंगाभए पछि छुट्टै रमाइलोको प्रत्याभूति हुन्छ, मुस्कुराएका हिम श्रीङ्खलासँगै पोखरा बजार लगायतका अन्य ठाउँ हेर्न पाइने भएकाले कामको तनाबलाई समेत बिर्साइ दिन्छ ।’ पर्यटकीय सम्भावना बोकेको भएरपनि आवस्यक भौतिक संरचना निर्माण र पर्यटन प्रबर्द्धनका योजना नबन्दा ओझेलमा परेको पुम्दीकोट पछिल्लो समय पर्यटकीय गन्तब्यका रुपमा स्थापित हुँदै गएको छ ।  आन्तरीक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र बनाउने योजना अनुसार पूर्वाधार निर्माणले गति लिएपछि स्थानीयमा पर्यटकको आकर्षक केन्द्र बन्ने आशा पलाएको छ । पोखरा भन्दा उच्च भागमा रहेको यस ठाउँलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ काम भइरहेको छ ।  गुरुयोजना सहित ४० करोडको लागतमा निर्माण थालिएको परियोजना मुर्ति निर्माण स्थलको ९५ प्रतिशत काम सकिएको महादेव मुर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा निर्माण गरिएको पूर्वाधार निर्माणमा हालसम्म २० करोडभन्दा बढी खर्च भइसकेको उनले जानकारी दिए ।  त्यस ठाउँमा मुर्तिका लागि स्थानियहरुले महायज्ञ लगाएर ८ करोड रुपैयाँ संकलन गरेका थिए । भारतीय कालिगडले मथुरामा बनाएको करीब ६ टन तौल बराबरको मुर्ति जडानसँगै यसलाइ आकर्षक बनाउनका लागि अहिले दैनिकरुपमा २० जना कामदार खटिएका छन् ।  गत वर्ष झण्डै एकमहीना लगाएर सिंहासनमा बसेको ५१ फिट अग्लो विशाल महादेवको मुर्ति जडान गरिएको थियो ।  विशाल महादेवको मुर्ति, भुमेश्वर महादेवको मुर्ति निर्माण, सहिद स्मारक, ध्यान केन्द्र, स्मृति पार्क, पुम्दीकोटको ऐतिहासिक मन्दिर लगायतका भौतिक संरचना निर्माण गर्न ४० करोड रकम खर्च हुने अध्यक्ष बराल बताउँछन् ।  २१ रोपनी क्षेत्रफलमा फैलिएको पुम्दीकोटमा १०८ शिवलिङ्ग बनाएर मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गर्ने गरि निर्माण गरिएको छ । मुर्तिसम्म पुग्न दायाँ साइडबाट सिधै खुड्किलो सहितको बाटो निर्माण हुने छ। त्यसभन्दा भित्रको साइडबाट अपाङ्ग तथा बृद्धबृद्धामैत्री बाटो समेत निर्माण गरिने छ ।  स्थानीय उत्पादनको विक्री गर्नका लागि सबैभन्दा तल्लो भागमा सटरसहितका संरचना निर्माण गरिएको छ । पसल नजिकै कलात्मक ढुङ्गे धाराहरु सहित बालबालिका भुल्नको लागि खेल्ने थप संरचना बनाइने छ ।  त्यसैगरी अन्य संरचनामा स्मृति पार्क, प्रशासकीय भवन, ज्येष्ठ नागरिक मिलन केन्द्र, टिकट काउन्टर लगायतका भौतिक संरचना निर्माण हुनेछन् । मुर्ति निर्माण समितिले प्रवेश स्थल अगाडीको स्थानमा पार्किङस्थल बनाउने योजना समेत बनाएको छ ।  मुर्ति निर्माणसहितका भौतिक संरचना निर्माण भएपछि पुम्दीकोटको पर्यटन विकासमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।  पोखराबाट नजिकै भएपनि आवस्यक भौतिक संरचना र प्रचारप्रसारको अभावमा ओझेलमा परेको पुम्दीकोट क्रमश पर्यटकीय गन्तब्यका रुपमा विकास हुन थालेको स्थानीय गुरुदत्त बरालले बताए ।  उनले मुर्ति निर्माणसँगै आन्तरिक पर्यटक पर्यटकको आगमन बढेपछि त्यस ठाउँमा होटल, रेष्टुरेण्ट लगायतका अन्य व्यापार व्यावसाय समेत बढेको बताए । ‘मुर्ति निर्माणको कार्य भइरहेकै अवस्थामा आन्तरिक पर्यटक आउने क्रम बढेपछि खोलीएका ब्यवसाय फष्टाएका छन््,’ उनले भने, ‘यहाँ जग्गा भाडामा लिएर व्यावसाय गर्न चाहने हरुको संख्या समेत बढिरहेको छ ।’ मुर्ति निर्माण भएपछि पर्यटको चहलपहल बढेपछि व्यावसाय र रोजगारीका लागि गाउँ छाडेर सहर पसेका युवाहरु गाउँमा फर्किएका व्यापार व्यावसाय शुरु गरेको बरालले बताए । मुर्ति निर्माणका लागि २०७३ मा चन्द्रकान्त बरालको संयोजकत्वमा महायज्ञ लगाएर ६ करोड रुपैयाँ सहयोग संकलन गरिएको थियो । त्यसैगरी स्थानीयहरुले २० रोपनी जग्गादान गरेका थिए । मुर्तिसहित संरचना निर्माणका लागि लागि पोखरा महानगरले १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ५० लाख र संघीय सरकारले पौने ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  पुम्दीकोटबाट माच्छापुच्छ्रे अन्नपूर्ण हिम श्रृखलासँगै, फेवाताल, पोखरा बजार, लेखनाथ लगायतका ठाउँहरुको समेत अवलोकन गर्न सकिन्छ ।