पोखरा महनगरपालिका–२२ पुम्दीकोटमा महादेवको विशाल मूर्तिसहितको भौतिक संरचना निर्माणकार्यलाई तीव्र पाएिको छ । फागुन महिनाभित्र महादेवको मूर्ति राख्ने गरी निर्माणलाई तीव्र पारिएको महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापना गर्न लागिएको उक्त विशाल महादेवको मूर्तिसहितको अन्य संरचनाको काम हालसम्म २५ प्रतिशत निर्माण सम्पन्न भएको अध्यक्ष बरालले जानकारी दिए ।