भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नम्बर ४ र ७ को सिमानामा पर्ने पाटीचौरस्थित ठाडो खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। खेतबाट घर जाँदै गरेकी सूर्यविनायक नगरपालिका ४ खड्का गाउँ दधिकोटकी ५६ वर्षिया सत्यवती खड्काको आज दिउँसो खोलाले बगाउँदा मृत्यु भएको हो।
स्थानीय गोकुलघाट नजिकबाट बगाएको खड्काको शव करिब एक सय...