अफगानिस्तान यतिबेला पूर्णरुपमा तालिवानको नियन्त्रण नजिक रहेको छ । यहीबीच आइतबार राष्ट्रपति अशरफ गानी देश छाडेर भागेका छन् । रिपोर्टअनुसार उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेका छन् ।
सुरुवाती रिपोर्टमा उनी ताजकिस्तानतर्फ भागेको उल्लेख गरिएको थियो । यसबारे अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन । तर अल जजिराको पछिल्लो रिपोर्टअनुसार गानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्वेकिस्तानको राजधानी पुगेका छन् । राष्ट्रपतिको व्यक्तिगत सुरक्षागार्डलाई हवला दिँदै अलजजिराले यस्तो उल्लेख गरेको हो ।
यसैबीच...