भाडा समायोजन नहुँदा ठगिदै गोरखाका यात्रु

२० पुस, गोरखा । विगत केही बर्षयता जिल्लाको अस्थायी रुटमा चल्ने सार्वजनिक सवारीको भाडा समायोजन हुन सकेको छैन । भाडा समायोजन नहुँदा दिनहूँ यात्रुहरु ठगिदै आएका छन् । गण्डकी प्रदेश सरकारले २०७८ फागुन १ गतेबाट लागू हुने गरी प्रदेश भित्र सञ्चालन हुने सार्वजनिक तथा भाडाका सवारी साधनको भाडा समायोजन गरिसकेको छ । प्रदेशले कायम गरेको […]

सम्बन्धित सामग्री

मेची राजमार्गमा सवारी भाडा समायोजन: ‘सहमति’ नाममा ठगिँदै यात्रु

इन्धनको मूल्य घटेसँगै मेची राजमार्गमा यात्रुवाहक सवारी साधनको भाडा दर घटाइएको छ।तर, वैज्ञानिक भाडा दर निर्धारण गर्नुपर्नेमा व्यवसायीको ‘मुख हेरेर’ उनीहरूकै सहभागितामा ‘सहमति’ को भाडा दर निर्धारण गर्दा यात्रु भने नीतिगत रूपमै ठगिने भएका छन्।...

महँगीको मारमा उपभोक्ता : खानेतेलदेखि गाडी भाडा समेत महँगाे

काठमाण्डाै - पेट्रोलियम पदार्थको भाउ बढेसँगै यातायात व्यवसायीले आफूखुशी भाडा लिन थालेका छन्  । लामो तथा मध्यमसँगै छोटो दूरीमा पनि यात्रु बढी भाडा तिर्न बाध्य भएका छन् । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा घटबढ हुँदै आएको छ । त्यसअनुसार यातायात व्यवस्था विभागले हिजोदेखि लागू हुने गरी एक प्रदेशबाट अर्को प्रदेशमा वा राष्ट्रिय राजमार्गमा चल्ने गाडीमा भाडा समायोजन गरेको छ ।  तर प्रदेशभित्र तथा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीमा पनि व्यवसायीले भाडा ब...

भाडा बढेसँगै अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा कहाँ कति पुग्यो  ? (सूचीसहित)

सरकारले जेठ ४ गतेदेखि लागू हुनेगरी अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै भाडा समायोजन गरेको सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि ५.१ प्रतिशतसम्म भाडा वृद्धि गरेको जनाएको छ ।मंगलबार सूचना जारी गरेको यातायात व्यवस्था विभागले यात्रु वाहक सवारी साधनको साविकको भाडा ३.५ प्रतिशतले वृद्धि गरिएको, पहाडी जिल्लामा चल्ने मालवाहक सवारीको ३.६ प्रतिशतले र तराई क्षेत्रको बाटोमा चल्ने मालवाहक सवारीको ५.१ प्रतिशतले बढाइएको जनाएको छ । योसँगै अन्तरप्रदेश सञ्चालन हुने सवारी

बागमती प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ । यसअघि न्यूनतम रु १८ थियो । न्यूनतम भाडा रु १८ भए पनि यात्रु रु २० तिर्न बाध्य भएको बताइएको छ । त्यस्तै १० किलोमिटरसम्म रु २५, १५ किलोमिटरसम्म रु ३०, २० किलोमिटरसम्म रु ३३ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडा तिर्नुपर्नेछ ।यस्तै ट्याक्सीमा सुर

सार्वजनिक यातायातमा भाडा समायोजन, नयाँ भाडादर कति पुग्यो ?

बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ ।यसअघि न्यूनतम रु १८ थियो । न्यूनतम भाडा रु १८ भए पनि यात्रु रु २० तिर्न बाध्य भएको बताइएको छ । त्यस्तै १० किलोमिटरसम्म रु २५, १५ किलोमिटरसम्म रु ३०, २० किलोमिटरसम्म रु ३३ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडा तिर्नुपर्नेछ ।यस्तै ट्याक्सीमा सुरुक

सुकिलुम्बा विमानस्थल सञ्चालनको तयारी

इलाम । इलामको सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ । यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ । अगामी फागुन ८ देखि प्रत्येक आइतवार उडान–अवतरण हुने निश्चित भएको हो । नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाजको एकतर्फी भाडा ८ हजार ७०० रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ ।      नगरपालिकाले एकतर्फ भाडा तिरे दुईतर्फकै उडानमा सहुलियत दिएको छ । नगर प्रमुख महेश बस्नेतले आठ हजार ७०० मा टिकट काटिएपछि आउने–जाने दुवैतर्फी टिकट यात्रुले पाउने जानकारी दिए । कम्तीमा तीन महिना नियमित सञ्चालन गर्ने गरी सम्झौता भएको छ । सो अवधिमा इन्धनको मूल्य फरक परेमा सोहीअनुसार भाडा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो । विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड खर्च भइसकेको प्राधिकरणले बताएको छ । २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । विमानस्थल सञ्चालनपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ, सिक्किमलगायतका बासिन्दालाई काठमाडौं आउन जान सहज हुनेछ । रासस

रुकुम पश्चिमको ग्रामीण क्षेत्रका सवारी साधनमा नयाँ भाडादर कायम

असोज १८, रुकुम । रुकुम पश्चिममा सञ्चालन हुने यातायातका साधनमा नयाँ भाडादर कायम गरिएको छ । रुकुम पश्चिमका आन्तरिक रुटमा सञ्चालन हुने  सवारी साधनको नयाँ भाडा कायम गरिएको छ ।  शुक्रवार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले रुकुम पश्चिमका ग्रामीण भेगमा सञ्चालन हुने सवारी साधनहरुको नयाँ भाडादर कायम गरेको हो । २०७८ असार २९ गते यातायात व्यवस्था विभागले परिमार्जन गरेको भाडा अनुसार रुकुम पश्चिमका ग्रामीण क्षेत्रमा सञ्चालन गरिने यातायातका साधनको  भाडादर  समायोजन गरिएको  छ । यसअघि जिल्ला यातायात व्यवस्थापन समितिले गत वर्षको माघ ११ गते भाडादर समायोजन गरिएको थियो ।  इन्धनमा भएको मुल्य वृद्धि र सडक स्तरोन्नतिको आधारमा भाडा समायोजन गरिएको यातायात व्यवस्थापन समितिले जानकारी दिएको छ । जिल्लामा रहेका सडकलाई ३ वर्गमा विभाजन गर्दै भाडा समायोजन गरिएको  जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।  जसमा  ‘क’ वर्गमा सञ्चालित सवारी साधन वसको लागि प्रति किलोमिटर ४ रुपैयाँ ५० पैसा, जिपको लागि ५ रुपैयाँ ५० पैसा भाडा निर्धारण गरिएको जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बद्रीनाग गैह्रेले जानकारी दिएका छन् ।  उनका अनुसार ‘ख’ वर्गको सडकमा चल्ने सवारी साधन वसको लागि ७ रुपैयाँ ५० पैसा र जिपको लागि ८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । त्यस्तै ‘ग’ वर्गको सडकमा चल्ले सवारी साधन जिपको लागि ९ रुपैयाँ ५० पैसा भाडा निर्धारण गरिएको छ यातायात व्यवस्थापन समितिका अध्यक्ष गैह्रेले जनाए ।  रुकुम पश्चिम जिल्लामा ‘ग’ वर्गको सडकमा बसको लागि रुटपरमिट दिइएको छैन । यसअघि गत वर्षको माघमा भाडा समायोजना गरिएको भएपनि उक्त भाडादर अहिलेसम्म पनि पूर्ण रुपमा कार्यान्वन हुन सकेको छैन् । अहिले त्यसमा ५० पैंसा मात्र वृद्धि भएको छ ।  अघिल्लो वर्ष नै समायोजन गरिएको  भाडादर पूर्ण रुपमा कार्यन्वयन नहुँदै  नयाँ भाडादर कार्यान्वयन हुनेमा स्थानीयले शंका व्यक्त गरेका छन् । स्थानीय रमेश खड्काले भने, ‘गतवर्षकै भाडादर कार्यन्वयन भएको छैनन्, यस पटक निर्धारण गरेको भाडादर पनि लागू हुनेमा उनले शंका व्यक्त गरेका छन् ।  नेपाल सरकारले  सवारी साधनमा २८ प्रतिशत भाडा बढाएकोले अहिले रुकम पश्चिममा पनि नयाँ भाडादर समायोजन गरिएको जानकारी दिइएको छ । नयाँ भाडादर सबै टिकट काउन्टर र सवारी साधनहरुमा यात्रुहरुले  प्रस्ट देखिने गरी राख्ने निर्णय गरेको छ । यातायात व्यवसायीले यात्रुको नाम, ठेगाना, प्रस्ट हुने गरि टिकट काटेर मात्र सवारी साधन सञ्चालन गर्न पाउने छन् । यसका साथै चाडपर्वलाई लक्षित गर्दै मुसीकोटको खलंगा र त्रिवेणी गाउँपालिकाको झुल्नेटामा यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय पनि भएको छ ।  समितिले तोकिएको भन्दा बढी भाडा नलिन र लिएको पाईएमा कारवाही हुने चेतावनी समेत दिएको छ । यात्रुलाई पनि तोकिएको भन्दा बढी भाडा नतिर्न आग्रह गरिएको छ ।  तोकिएको भाडादर भन्दा वढी लिएमा नजिकैको जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रशासन कार्यालयका साथै प्रमुख जिल्ला अधिकारीलाई समेत वढी भाडा लिने सवारी साधन नम्बर सहित खबर गरेमा तुरुन्तै कारबाही हुने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

यातायात व्यवसायीको अराजक शैली

भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप लगाउन पाउनुपर्ने लगायत सातबुँदे माग राख्दै यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् । विरोधका क्रममा उनीहरूले यातायात सञ्चालन गरेनन् भने त्यस क्षेत्रमा बाटामा गाडी तेस्र्याएर निजी गाडीको आवागमनमा समेत अवरोध पुर्‍याए । राइड शेयरिङ पठाओका चालकलाई समेत उनीहरूले कुटे । आफ्नो माग राख्नु व्यवसायीको अधिकार हो तर यसरी अराजक शैलीमा प्रस्तुत हुनुचाहिँ स्वीकार्य हुन सक्दैन । व्यवसायीका माग उचित हुन् भने तिनलाई सम्बोधन गर्नुपर्छ । उचित छैन भने कारणसहित उनीहरूलाई मनाउन सक्नुपर्छ । तर, विरोधका नाममा सर्वसाधारणले दुःख पाउने, प्रतिस्पर्धी व्यवसायीले कुटिनुपर्ने तथा सर्वसाधारणको आवागमनमै असर पर्ने खालका अराजकता कुनै पनि हालतमा गर्न दिनु हुँदैन । कोरोनाका कारण यातायात व्यवसायी निकै मर्कामा परेका छन् । उनीहरूले बैंकको साँवा र ब्याजको किस्ता तिर्न पनि सकेका छैनन् । अहिले निषेधाज्ञा खुकुलो भए पनि कोरोनाको त्रासका कारण मानिसहरू बाहिर कमै निक्लिएका छन् । त्यसमा पनि सकेसम्म सार्वजनिक यातायात चढ्न नपरोस् भनेर सतर्क हुने गरिएको छ । यी सबैको असर सार्वजनिक यातायात व्यवसायीमाथि परेको छ । निकै समयदेखि सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको छैन । बीचमा भाडा बढाइए पनि समायोजन नै भने भएको छैन । त्यसैले व्यवसायीका मागहरू जायज नै देखिन्छन् । मौद्रिक नीतिबाट केही मागको सम्बोधन हुने अपेक्षासमेत व्यवसायीको छ । उनीहरू मर्कामा परेका छन् । त्यसका लागि उनीहरूले आफ्नो माग सम्बद्ध निकायसमक्ष राखेका छन् । तर, माग राख्दैमा पूरा भइहाल्छ भन्ने छैन । माग पूरा नहुनेबित्तिकै अराजक किसिमले प्रस्तुत हुनचाहिँ पाइँदैन । सरकारी नियम कानूनअनुसार दर्ता भएर व्यवसाय गरेपछि सरकारी नियम मान्नैपर्छ । तर, सरकारले छोटो दूरीको भाडा नबढाएको अवस्थामा व्यवसायीहरूले बढी भाडा लिइरहेका छन् । बढी भाडा नतिर्ने यात्रुहरूलाई दुर्व्यवहार गरेको गुनासो पनि आएको छ । ट्राफिक प्रहरीले यसरी नियमविपरीत भाडा उठाएकामा केही सवारीसाधनलाई कारबाही पनि गरेको छ । यी सबै तथ्यले नेपालका सार्वजनिक सवारीसाधनमा अराजकता रहेको देखाउँछ । यसै पनि नेपालमा सार्वजनिक यातायातको छवि राम्रो छैन । मनपरी भाडा उठाउने, यात्रुसँग दुर्व्यवहार गर्ने, नियमविपरीत यात्रु कोच्ने, गन्तव्यमा नपुर्‍याउने, साँझबिहान सेवा नदिनेजस्ता थुप्रै अराजकतापूर्ण व्यवहार व्यवसायीहरूको पाइन्छ । अझ, यी अराजकताबाट दिक्क भएका सर्वसाधारणले प्रयोग गर्ने थालेको टुटल र पठाओका चालकलाई कुट्ने धम्की दिनेजस्ता काम पनि उनीहरूबाट बारम्बार हुने गरेको छ । बिहीवारको प्रदर्शनमा पनि पठाओका चालकलाई कुटपिट गरिएको छ । पारदर्शी भाडा र व्यवहारका कारण अहिले टुटल र पठाओको प्रयोगकर्ता बढ्दै छन् । यसप्रति यात्रुहरूको विश्वास उच्च छ । तर, आप्mनो भाग खोसेको भन्दै उनीहरूमाथि बारम्बार कुटपिटका घटना हुने गरेका छन् जुन कुनै पनि सभ्य मुलुकमा स्वीकार्य हुन सक्दैन । सरकारले पनि लामो दूरीको भाडा २८ प्रतिशतसम्म बढायो तर छोटो दूरीका सार्वजनिक यातायातको भाडा बढाएन । त्यस्तै ट्याक्सीहरूको पनि भाडा बढेको छैन । अहिले सरकार परिवर्तन भएको छ । नयाँ सरकार आउनेबित्तिकै व्यवसायी संघ अहिले भाडा वृद्धिको माग लिएर आन्दोलन गरिरहेको छ । यसलाई सर्वसाधारणले रुचाएका छैनन् । सर्वसाधारणको विचारमा सरकार र व्यवसायीको मिलोमतो छ । त्यसैले यस्तो विषम परिस्थितिमा विरोध र आन्दोलनका नाममा अराजकता मच्चाउने छूट दिनु हुँदैन । व्यवसायीका माग उचित हुन् भने तिनलाई सम्बोधन गर्नुपर्छ । उचित छैन भने कारणसहित उनीहरूलाई मनाउन सक्नुपर्छ । तर, विरोधका नाममा सर्वसाधारणले दुःख पाउने, प्रतिस्पर्धी व्यवसायीले कुटिनुपर्ने तथा सर्वसाधारणको आवागमनमै असर पर्ने खालका अराजकता कुनै पनि हालतमा गर्न दिनु हुँदैन । सरकार यसमा कडा भएर प्रस्तुत हुनुपर्छ ।

यातायात व्यवसायी आन्दोलित, काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त

भाडा समायोजन गर्नु पर्ने माग राख्दै काठमाडौं उपत्यका लगायत छोटोदुरीमा गुड्ने बस व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले यात्रु विनै खाली गाडी सडकमा गुडाएर चक्काजाम गर्दै आन्दोलन गरेका छन् ।

यातायात व्यवसायीको र्‍यालीले काटेश्वरदेखि सानेपासम्मै जाम, यात्रु मर्कामा

काठमाण्डाै – यातायात व्यवसायीले गाडीसहित निकालेको र्‍यालीले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै उनीहरुले चक्रपथमा र्‍याली निकालेका छन् । र्‍यालीका कारण काटेश्वरदेखि सानेपासम्म नै जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका भित्रि सडकमा भने जाम छैन । कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई राहतको व्यवस्था तथा गाडीको बिमा, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप लगायतका माग उनीहरु...