यातायात व्यवसायीको अराजक शैली

भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप लगाउन पाउनुपर्ने लगायत सातबुँदे माग राख्दै यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् । विरोधका क्रममा उनीहरूले यातायात सञ्चालन गरेनन् भने त्यस क्षेत्रमा बाटामा गाडी तेस्र्याएर निजी गाडीको आवागमनमा समेत अवरोध पुर्‍याए । राइड शेयरिङ पठाओका चालकलाई समेत उनीहरूले कुटे । आफ्नो माग राख्नु व्यवसायीको अधिकार हो तर यसरी अराजक शैलीमा प्रस्तुत हुनुचाहिँ स्वीकार्य हुन सक्दैन । व्यवसायीका माग उचित हुन् भने तिनलाई सम्बोधन गर्नुपर्छ । उचित छैन भने कारणसहित उनीहरूलाई मनाउन सक्नुपर्छ । तर, विरोधका नाममा सर्वसाधारणले दुःख पाउने, प्रतिस्पर्धी व्यवसायीले कुटिनुपर्ने तथा सर्वसाधारणको आवागमनमै असर पर्ने खालका अराजकता कुनै पनि हालतमा गर्न दिनु हुँदैन । कोरोनाका कारण यातायात व्यवसायी निकै मर्कामा परेका छन् । उनीहरूले बैंकको साँवा र ब्याजको किस्ता तिर्न पनि सकेका छैनन् । अहिले निषेधाज्ञा खुकुलो भए पनि कोरोनाको त्रासका कारण मानिसहरू बाहिर कमै निक्लिएका छन् । त्यसमा पनि सकेसम्म सार्वजनिक यातायात चढ्न नपरोस् भनेर सतर्क हुने गरिएको छ । यी सबैको असर सार्वजनिक यातायात व्यवसायीमाथि परेको छ । निकै समयदेखि सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको छैन । बीचमा भाडा बढाइए पनि समायोजन नै भने भएको छैन । त्यसैले व्यवसायीका मागहरू जायज नै देखिन्छन् । मौद्रिक नीतिबाट केही मागको सम्बोधन हुने अपेक्षासमेत व्यवसायीको छ । उनीहरू मर्कामा परेका छन् । त्यसका लागि उनीहरूले आफ्नो माग सम्बद्ध निकायसमक्ष राखेका छन् । तर, माग राख्दैमा पूरा भइहाल्छ भन्ने छैन । माग पूरा नहुनेबित्तिकै अराजक किसिमले प्रस्तुत हुनचाहिँ पाइँदैन । सरकारी नियम कानूनअनुसार दर्ता भएर व्यवसाय गरेपछि सरकारी नियम मान्नैपर्छ । तर, सरकारले छोटो दूरीको भाडा नबढाएको अवस्थामा व्यवसायीहरूले बढी भाडा लिइरहेका छन् । बढी भाडा नतिर्ने यात्रुहरूलाई दुर्व्यवहार गरेको गुनासो पनि आएको छ । ट्राफिक प्रहरीले यसरी नियमविपरीत भाडा उठाएकामा केही सवारीसाधनलाई कारबाही पनि गरेको छ । यी सबै तथ्यले नेपालका सार्वजनिक सवारीसाधनमा अराजकता रहेको देखाउँछ । यसै पनि नेपालमा सार्वजनिक यातायातको छवि राम्रो छैन । मनपरी भाडा उठाउने, यात्रुसँग दुर्व्यवहार गर्ने, नियमविपरीत यात्रु कोच्ने, गन्तव्यमा नपुर्‍याउने, साँझबिहान सेवा नदिनेजस्ता थुप्रै अराजकतापूर्ण व्यवहार व्यवसायीहरूको पाइन्छ । अझ, यी अराजकताबाट दिक्क भएका सर्वसाधारणले प्रयोग गर्ने थालेको टुटल र पठाओका चालकलाई कुट्ने धम्की दिनेजस्ता काम पनि उनीहरूबाट बारम्बार हुने गरेको छ । बिहीवारको प्रदर्शनमा पनि पठाओका चालकलाई कुटपिट गरिएको छ । पारदर्शी भाडा र व्यवहारका कारण अहिले टुटल र पठाओको प्रयोगकर्ता बढ्दै छन् । यसप्रति यात्रुहरूको विश्वास उच्च छ । तर, आप्mनो भाग खोसेको भन्दै उनीहरूमाथि बारम्बार कुटपिटका घटना हुने गरेका छन् जुन कुनै पनि सभ्य मुलुकमा स्वीकार्य हुन सक्दैन । सरकारले पनि लामो दूरीको भाडा २८ प्रतिशतसम्म बढायो तर छोटो दूरीका सार्वजनिक यातायातको भाडा बढाएन । त्यस्तै ट्याक्सीहरूको पनि भाडा बढेको छैन । अहिले सरकार परिवर्तन भएको छ । नयाँ सरकार आउनेबित्तिकै व्यवसायी संघ अहिले भाडा वृद्धिको माग लिएर आन्दोलन गरिरहेको छ । यसलाई सर्वसाधारणले रुचाएका छैनन् । सर्वसाधारणको विचारमा सरकार र व्यवसायीको मिलोमतो छ । त्यसैले यस्तो विषम परिस्थितिमा विरोध र आन्दोलनका नाममा अराजकता मच्चाउने छूट दिनु हुँदैन । व्यवसायीका माग उचित हुन् भने तिनलाई सम्बोधन गर्नुपर्छ । उचित छैन भने कारणसहित उनीहरूलाई मनाउन सक्नुपर्छ । तर, विरोधका नाममा सर्वसाधारणले दुःख पाउने, प्रतिस्पर्धी व्यवसायीले कुटिनुपर्ने तथा सर्वसाधारणको आवागमनमै असर पर्ने खालका अराजकता कुनै पनि हालतमा गर्न दिनु हुँदैन । सरकार यसमा कडा भएर प्रस्तुत हुनुपर्छ ।

सम्बन्धित सामग्री

नेपाली समाजले किन अराजक विचारलाई साथ दिइराखेको छ ?

अराजक विचार बोक्नेहरूले प्राय: समुदायमा आधारित निर्णय प्रक्रियाहरूको वकालत गर्छन्, जहाँ नागरिकहरू केन्द्रीकृत अधिकारको आवश्यकताबिना समस्याहरू समाधान गर्न हातेमालो गर्ने गरी काम सक्नेछन् ।

प्रधानमन्त्रीले अराजक बोल्न मिल्दैन : काँग्रेस नेता कोइराला

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक विचार प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाइ थियो। पार्टी निकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका अराजक अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए। उनले प्

विश्वप्रकाशको चेतावनी- अराजक गतिविधि गर्नेलाई निष्कासन गर्छौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अराजक गतिविधि गर्ने भ्रातृ संगठनका कार्यकर्तालाई निष्कासन गर्ने चेतावनी दिएका छन् ।

अराजक बन्दै लघुवित्तविरोधी गतिविधि

पछिल्लो समय ऋण मिनाहादेखि संस्था खारेजीसम्मको माग उठाउँदै देशव्यापी विरोध कार्यक्रम अराजक बनेको छ । मंगलबार एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई एक समूहले मोसो दलेको छ । त्यो समूहले एनआइसी एसिया लघुवित्त...

बालेनले अराजक गतिविधिलाई बढवा दिए : मीन विश्वकर्मा

काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अराजक गतिविधिलाई बढवा दिइरहेको आरोप लगाएका छन् ।  बालेनले अनधिकृत रूपमा बनाइएका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा नेता विश्वकर्माको  ‘अराजक गतिविधि’लाई बढवा दिएको आरोप लगाएका हुन् ।  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने […]

केपी ओली नेपाली राजनीतिका अराजक पात्र हुन् : नेता पौडेल

नेपाली  काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन्। लमजुङको मध्यनेपालमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका प्रभावशाली नेता पौडेलले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली नेपाली राजनीतिकै अराजक पात्र भएको आरोप लगाएका हुन् ।नेता पौडेलले भने, ‘दुई तिहाइ मत पाएर सरकार चलाउने म्यान्डेट पाएका ओलीले आफ्ना समकक्षीलाई पनि सम्मान गर्न सक्नुभए। न सरकारमा हुँदा आफ्ना समकक्षीलाई सम्मान गर्नुभयो न बाहिर हुँदा । पार्टी भित्र र बाहिर उहाँल

प्रदीप पौडेलको आरोप–केपी ओली नेपाली राजनीतिका अराजक पात्र

कांग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले अध्यक्ष केपी ओली नेपाली राजनीतिका अराजक पात्र भएको आरोप लगाएका छन् । लमजुङको मध्यनेपालमा आयोजित कार्यक्रममा पौडेलले ओली नेपाली राजनीतिकै अराजक पात्र भएको आरोप...

अराजक बन्दै बार

प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बिहीबार पनि सर्वोच्च अदालत परिसरभित्रै अराजक हिसाबले नाराजुलुस गरे।न्यायपालिकाको इतिहासमा सर्वोच्च अदालत परिसरभित्रै प्रधानन्यायाधीशविरुद्ध अराजक ढंगले नाराजुलुस भएको सायदै पहिलो पटक हो। नेपाल बारका पूर्वपदाधिकारी,वर्तमान पदाधिकारी,वरिष्ठ अधिवक्ताहरू सम्मिलित विरोध कार्यक्रममा उत्तेजित नारा लगाइएका थिए। कानुनका ज्ञाताहरू नै सर्वोच्च अदालत परिसरमा संयमित बन्न सकेनन्।प्रधानन्या

अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो : भीम रावल

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) बाट निश्काषित नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेताको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले आजको एक कार्यक्रममा पार्टी अनुशासनही र अराजक भएको भनेको कुरा उल्लेख गर्दै यस्तो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले […]

सभामुख अराजक र अनैतिक गतिविधिमा लागे : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै अराजक र अनैतिक गतिविधिमा लागेको आरोप लगाएका छन्। सर्वदलीय बैठकमा प्रधानमन्त्रीले ओलीले भने, “सभामुख अग्नि सापकोटा अराजक र अनैतिक गतिविधिमा लागेका छन्, संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई असहयोग गरे।”बैठकमा सहभागी राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सभामुखको भूमिकामाथि प्रधानमन्त्रीले चर्को असन्तुष्टि व्यक्त गरेको बताए।