बागमती प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ । यसअघि न्यूनतम रु १८ थियो । न्यूनतम भाडा रु १८ भए पनि यात्रु रु २० तिर्न बाध्य भएको बताइएको छ । त्यस्तै १० किलोमिटरसम्म रु २५, १५ किलोमिटरसम्म रु ३०, २० किलोमिटरसम्म रु ३३ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडा तिर्नुपर्नेछ ।यस्तै ट्याक्सीमा सुर

सम्बन्धित सामग्री

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएपछि बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बाग्मती प्रदेशअन्र्तगत १३ जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जनाएको छ । आजदेखि लागू हुनेगरी जारी गरिएको भाडादर वृद्धिमा काठमाडौँ उपत्यकाभित्र चल्ने यात्रुवाहक …

काठमाडौँसहित बागमती प्रदेशमा चल्ने छोटो दूरीका सवारीसाधनको भाडा बढ्यो, अब कति ?

आजबाट काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने छोटो दूरीका सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले वैशाख १ बाट लागू हुने गरी सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढाएको थियो । बैशाख १ गते नयाँ वर्षको बिदा भएकाले खासै सवारी साधन चलेनन् । त्यसकारण आज २ गतेबाट भाडा पूर्ण रुपमा लागू भएको हो ।नयाँ भाडादर अनुसार अब यात्रुले सवारीसाधन चढ्ने वित्तिकै २० रुपैयाँ तिनुपर्ने भएको छ ।५ किलोमिटरसम्मको दूरीमा यात्रुले २० रुपैयाँ तिर्नुपर्नेछ भने २० किलोमिटरभन्दा माथिको दूरीमा ३८ रुपैयाँ तोकिएको छ । यसअघि ५ किलोमिटसम्मको भाडादर १८ रुपैयाँ थियो । २० किलोमिटरभन्दा धेरैको दूरीमा ३ रुपैयाँ भाडा बढाईएको छ । नयाँ भाडादर अनुसार सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुले ५ किलोमिटरसम्म २० रुपैयाँ, ६ देखि १० किलोमिटरसम्म यात्रा गर्दा २५ रुपैयाँ, ११ देखि १५ किलोमिटरसम्म यात्रा गर्दा ३० रुपैयाँ, १६ देखि २० किलोमिटरसम्मको यात्रामा ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीको यात्रामा ३८ रुपैयाँ तिर्नुपर्नेछ ।मिटर ट्याक्सीको प्रति २०० मिटर भाडा १० रुपैयाँ बनाइएको छ । प्रतिक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ । सूचीः

आजदेखि सार्वजनिक सवारीमा भाडा बढ्यो (सूचीसहित)

काठमाडौं : बागमती प्रदेश सरकारले समायोजन गरेको सार्वजनिक सवारी साधनको नयाँ भाडा आजदेखि लागू भएको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले चैत २४ गते काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको थियो। बढाइएको भाडा आजदेखि लागू भएको हो। नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रुपैयाँ भएको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि

सार्वजनिक सवारी साधनको भाडा बढ्यो, वैशाख १ देखि लागू हुने

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडा दर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० […]

ट्याक्सी भाडा बढ्यो, अब कति पर्छ ?

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र लागु हुने सार्वजनिक सवारीको भाडादर निर्धारण गरेको छ । मन्त्रालयले २०७९ बैशाख १ गतेदेखि लागु हुने गरि ट्याक्सीको साथ साथै सार्वजनिक सवारीको नयाँ भाडादर तोकेको हो ।मन्त्रालयको २०७८/१२/२४ (मन्त्रीस्तर) को निर्णयानुसार भाडा समायोजन गरिएको मन्त्रालयले जनाएको छ। साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधनको भाडा समायोजन हुने मन्त्रालयले उल्लेख गरेको छ।पेट्रोल ट्याक्सीको हकमा त्यस्तै बागमती प्रदेशमा पेट्रोलियम पदार्थ बाट सञ्चालन हुने ट्याक्सी सेवाको हकमा शुरु फ्लाग डाउन रु ५० रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटरको भाडादर रु ९.८०- वाट रु १०।- कायम गरिएको छ भने प्रतिक्षा शुल्कका विषयमा प्रति १ मिनेटको रु.१.२० रुपैयाँ कायम गरिएको छ। प्रतिक्षा गर्ने अधिकतम समय ३० मिनेट कायम गरिएको छ।बेलुका ९ बजेदेखि विहान ४ बजेसम्म सञ्चालन हुने रात्रिकालिन ट्याक्सी सेवाको भाडादरका सम्वन्धमा शुरु फ्लाग डाउनलाई यथावत राखी प्रति २०० मिटरको हकमा रु.१५ हुने गरी भाडा कायम गरिएको छ।  यस अघि जारी भएको सर्तहरु ट्याक्सी सेवा प्रदायकले पूर्णरुपमा पालना गर्नुपर्ने मन्त्रालयले जनाएको छ।विद्युतीय ट्याक्सीको हकमाबागमती प्रदेशमा विद्युतीय माध्यमवाट सञ्चालन हुने ट्याक्सीको हकमा भने शुरु फ्लाग डाउन रु ५० कायम गरिएको छ। प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ। प्रतिक्षा शुल्कका विषयमा प्रति १ मिनेटको रु.१.२० रुपैयाँ कायम गरिएको छ। प्रतिक्षा गर्ने अधिकतम समय ३० मिनेट कायम गरिएको छ। वेलुका ९ बजेदेखि विहान ४ वजे सम्म सञ्चालन हुने रात्रिकालिन ट्याक्सी सेवाको भाडादरका सम्वन्धमा शुरु फ्लाग डाउनलाई यथावत राखी प्रति २०० मिटरको हकमा रु.१३ हुने गरी भाडा कायम गरिएको छ। उपत्यका भित्रको सार्वजनिक यातायात जस अनुसार उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमा ० देखि ५ किमीको भाडा २० रुपैयाँ, ० देखि १० किमीको भाडा २५ रुपैयाम, ० देखि  १५ किमीको भाडा ३० रुपैयाँ, ० देखि  २० किमीको भाडा ३३ रुपैयाँ र २० किमी भन्दा बढी दुरीको भाडा ३८ रुपैयाँ कायम गरिएको छ ।उपत्यका बाहेकका स्थानमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमाउपत्यका बाहेकका स्थानमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमा बागमती प्रदेश सरकारले मिति २०७८/०७/०१ गते देखि यात्रुवाहक सवारी साधनमा लागू गरेको भाडादरमा १० प्रतिशत भाडावृद्धि गरी कायम हुन आउने भाडादरमा दशमलवमान सम्याई समायोजन गरिएको छ।उपरोक्त भाडादरमा यात्रुले १५ के.जी. सम्म निशुल्क र सो भन्दा वढि १० के.जी. सम्म प्रति के.जी. रु.५ का दरले भाडा भुक्तानी गरी (सवारी साधनको उत्पादक कम्पनीद्वारा तोकिएको Gross Vehicle weight भन्दा ननाघ्ने गरी) सरसामान/गुन्टा लिई जान पाउने छन्। मालवाहक सवारी साधनको हकमा मालवाहक सवारी साधनको हकमा प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमवाट भाडा भुक्तानी नियमावली, २०७८ को दफा ४ बमोजिमको भाडा निर्धारण/समायोजन सिफारिस समितिले साविकको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई मिति २०७८/०६/०६ मा पेश गरेको प्रतिवेदनका आधारमा ११.९१- प्रतिकिमि प्रतिटनको लागि सिफारिस गरिएको भाडामा १३% ले वृद्धि गरी १३।४५- (प्रतिकिमि प्रतिटन) कायम गरिएको छ।

बागमती प्रदेशमा गुड्ने सार्वजनिक गाडीको भाडा बढ्यो

काठमाडौं ।  बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर आजदेखि लागु भएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । जसअनुसार अब काठमाडौँ उपत्यका लगायत क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातमा ५ किलोमिटरसम्म यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ […]

बागमती प्रदेशमा २३ प्रतिशत भाडा बढ्यो

बागमती – बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ। प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लागू गरेको भाडादरअनुसार काठमाडौँ उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किमि दूरीसम्मको भाडा १८ कायम गरिएको छ। १० किमिसम्मको २३, १५ […]