यातायात व्यवसायी आन्दोलित, काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त
भाडा समायोजन गर्नु पर्ने माग राख्दै काठमाडौं उपत्यका लगायत छोटोदुरीमा गुड्ने बस व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले यात्रु विनै खाली गाडी सडकमा गुडाएर चक्काजाम गर्दै आन्दोलन गरेका छन् ।
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संसद्को आगामी अधिवेशनमा यातायातसम्बन्धी विधेयक पेस गर्ने तयारी गरिएको बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभाको आज उद्घाटनमा मन्त्री ज्वालाले यातायात व्यवसायीको माग सम्बोधन हुनेगरी सार्वजनिक सडक र सवारी तथा यातायातसम्बन्धी विधेयक अगाडि बढाउने बताए। सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने तयारीमा सरकार […]
काठमाडौं : सरकारले यो वर्षको दशैँका लागि १८ गतेदेखि अग्रिम टिकट खुलाउने तयारी गरेको छ। यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले असोज १८ गते वा २० गतेदेखि अग्रिम टिकट खुला गर्ने जानकारी दिए। उनका अनुसार अब पुनः छिट्टै यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतसँग सामूहिक बैठक बस्ने तयारी छ। उक्त बैठकले टिकट खुलाउनेबारे निर्णय गर्नेछ।यसअघि असोज ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको संयोज
काठमाडौं : दशैंमा घर जानका लागि अग्रिम टिकट बुक गरेका यात्रुले पर्सि घटस्थापनादेखि काठमाडौं उपत्यका बाहिरिन सुरु गर्ने भएका छन्।भोलिसम्म भने नियमित यातायात सेवाबाट सवारीसाधन सञ्चालन गरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।उनका अनुसार आज शनिबारसम्ममा २५ हजार यात्रुले अग्रिम टिकट काटिसकेका छन्। तर, समयमै यात्रुलाई गन्तव्यमा पुर्याउन सकिनेमा भने यातायात व्यवसायीहरु विश्वस्त हुन सकेका छैनन्। सडक अवरुद्ध हुने ठूलो समस्याका क
काठमाडौँ : नजिकिदै गरेको यो वर्षको बडादशैँमा घर जानका लागि १६ हजारले अग्रिम टिकट बुकिङ गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले असोज १ गतेदेखि अहिलेसम्म यी संख्यामा टिकट बुकिङ गरेको जानकारी दिए।यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको भदौ २२ गते बसेको संयुक्त बैठकले असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।महासंघले यो वर्षको दशैँमा काठमाडौं उपत्यकाब
वर्षाका कारण सडक बिग्रिँदा यस वर्षको दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउन चुनौती रहेको यातायत व्यवसायीहरुले बताएका छन् । यस वर्षको दसैंमा यात्रुको संख्या पनि बढ्ने अनुमान व्यवसायीहरुको छ ।“विगतका वर्षमा भन्दा यो वर्ष दसैंको लागि बाहिरिनेको संख्यामा वृद्धि हुनेछ,” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भने, “कोभिड–१९ पछिको सामान्य […]
काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेको छ। कोभिड–१९ प्रभाव नभएकाले यो संख्यामा यात्रुहरू दशैँ मनाउन गाउँ जाने अनुमान गरिएको महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिए । यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको बुधबार बसेको […]
काठमाडौं । यातायात व्यवसायीहरूले दशैंका लागि असोज १ गतेबाट लामो दूरीका लागि बसको टिकट बुकिङ खुला गर्ने भएका छन् । यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभाग लगायत सरोकारवालाहरूको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यससँगै नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चावहिल लगायतका स्थानमा परिचयपत्र लगाएका कर्मचारीसँग मात्रै टिकट काट्न पनि यातायात व्यवस्था […]
काठमाडौं : यस वर्षको दशैँका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।बुधबार यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले टिकट बुकिङ निर्णयसँगै आफूहरूले यसअघि नै अवरुद्ध सडकहरूको मर्मत गर्न माग गरेको जानकारी दिए।उनले भने, ‘यो मितिभन्दा अगाडि नै जहाँ सडक अवरुद्ध छन्, ती सबै मर्मत गर्नुपर्ने माग राखेका छौँ,
म्याग्दी : हिमालपारिको जिल्ला मुस्ताङलाई संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा जोड्ने एक मात्रै सडक बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा यात्रु सास्ती खेप्न बाध्य छन्।बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा तीर्थयात्री, पर्यटक, यातायात व्यवसायी लगायत उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयबासी जोखिम मोल्न बाध्य भएका हुन्। हिउँदमा कुनै समस्या नभए पनि वर्षामा बेगखोलामा पानीको बहाब बढेपछि खो
काठमाडौं । स्थानीय रूटमा चल्ने छोटो दूरीका सवारीसाधनको भाडादर बढाउनुपर्ने माग राख्दै सोमवार बिहानैदेखि काठमाडौंमा आन्दोलन गरेका यातायात व्यवसायीले मंगलवारदेखि बागमती प्रदेशको राजधानी हेटौंडामा आन्दोलन गर्ने भएका छन् । काठमाडौंमा आन्दोलन गरेर आफ्ना माग पूरा नहुने भन्दै उनीहरूले यस्तो निर्णय गरेका हुन् ।
दिनभर आन्दोलनमा रहेका व्यवसायीले सोमवार बेलुका बैठक बस्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गर्न र आफ्ना माग पूरा गराउन प्रदेश राजधानी जाने निर्णय गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष भरत नेपालले मंगलवारदेखि नै आफूहरू मुख्यमन्त्री र विभागीय मन्त्रीको कार्यालय घेराउ गर्न हेटौंडा जाने बताए । ‘बरु हामी दशैं मनाउँदैनौं, तर आफ्ना माग पूरा गराएरै छाड्छौं,’ उनले भने ।
व्यवसायीले छाटो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढाउनुपर्ने माग राख्दै काठमाडौंको चक्रपथमा चल्ने गाडी बाटोमै तेस्र्याएर आन्दोलन गरेका थिए । व्यवसायीले ग्वार्को, कोटेश्वर, गौशाला, सातदोबाटो, चाबहिल, सुकेधारा, कलंकी लगायत स्थानमा खाली गाडीले सडक अवरोध गरेर आन्दोलन गरेका थिए । उनीहरूले गाडीले यात्रु बोकेको पाएमा बीच बाटोमै रोकेर हिँड्न बाध्य पारेका थिए । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सवारीसाधनमा पहिलेको भाडादरमा २८ प्रतिशतले वृद्धि गरे पनि प्रदेश अन्तर्गतका जिल्लामा चल्ने सवारीसाधनमा भने भाडादर बढाएको छैन । यी जिल्लामा भाडा बढाउन प्रदेश सरकारले निर्णय गर्नुपर्ने भए पनि बागमती प्रदेशले छोटो दूरीका सवारीसाधनमा भाडा बढाउनेबारे हालसम्म कुनै निर्णय नगर्दा व्यवसायी आन्दोलित भएका हुन् ।
सोमवारको आन्दोलनमा काठमाडौंसहित धादिङ, रसुवा, मकवानपुर, सिन्धुपाल्चोक लगायत जिल्लाका ७२ ओटा कम्पनीका करीब ५ हजार सवारीसाधन र त्यसमा काम गर्ने १० हजार मजदूर रहेका थिए ।