रसुवा - जनैपूर्णिमाकाे अवसरमा आजदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ । काेराेनाका कारण दुई वर्षसम्म हुन नसकेकाे मेला याे वर्ष भने सुरु भएकाे हाे । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार यसपटक मेलामा झन्डै १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ ।
मेला आउँदो शुक्रवारसम्म चल्ने छ । मेलामा तीर्थयात्री आउने क्रम केही दिन पहिलेदेखि नै सुरु भएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो । मेला व्यवस्थापनको सबै तयारी पूरा भएको उहाँले बताउनुभयो ।
यसपटक गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्...