काठमाडौं । जनै पूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सुरु भएको छ । गोसाइँकुण्डमा मेला नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । यसपटक रसुवा आउन कुनै पनि सडक अवरुद्ध नभएको, पदमार्ग सुरक्षित भएका कारण करिब १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ […]