पवित्र तीर्थस्थल गोसाइँकुण्डको मेला सम्पन्न भएको छ । जनै पूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न निलाद्री पर्वत पुगेका सबै भक्तजन अहिले अ–आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् । तीर्थ गर्न आएका तीन यात्रु बिरामी परेकाले उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल पुर्याइएको र बिरामीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।बिरामीको उद्धारका लागि नेपाल प्रहरी तथा नेपाली सेना परिचालन गरिएको थियो। औपचारिकरुपमा मेला स्थगन गरिए पनि नागपञ्चमीदेखि जनैपूणिर्माको दिन