काठमाण्डाै – निर्वाचन अयोगले चुनावलाई प्रतिकूल असर पर्ने गरी फैलाइने मिथ्या (झुटाे) सूचना अभिव्यक्ति स्वतन्त्रता नभएको बताएको छ ।
आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा चुनावलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रताभित्र नपर्ने बताएको हो ।
यसअघि कात्तिक ८ गते आयोगले उम्मेदवार र नेताहरूलाई लाञ्छना लगाउँदै बनाइएका फेसबुक पेज तथा ग्रुपहरू हटाउ...