हेलो लक्ष्मण गाम्नागे सञ्चै ? - Naya Patrika

हास्यव्यंग्यकार लक्ष्मण गाम्नागे नेपाली साहित्य लेखनमा प्रायः सुनिने नाम हो । तीन दशकदेखि निरन्तर लेखनमा रहेका गाम्नागेका आधा दर्जन कृति प्रकाशित छन् । जसमध्ये तीनवटा कविता र तीनवटा निबन्धका कृति...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

‘नेताहरुले जति खराब कुरा गर्छन्, त्यति नै हास्यव्यंग्यको खुराक बन्छन्’

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अन्तिम दिन सोमबार ‘हास्यव्यंग्यले हौसिएको नेपाली सिनेमा’ विषयमाथि बहस भएको छ । पर्यटन बोर्डको हलमा भएको छलफल सत्रमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हास्यव्यंग्य अभिनेता मनोज गजुरेल, समालोचक डा. बिन्दु शर्मा र निर्देशक प्रदीप भट्टराई सहभागी रहे । हास्य अभिनेता गजुरेलले हास्यव्यंग्य हिसाबको सूत्र नभएको बताए । अधिकांशले बाहिरी […]

गोबर (गाईजात्रे कविता)

लक्ष्मण  गाम्नागेवर्षौंवर्षदेखि हामीले बाटो हेर्‍याैँ,सफा गर्नुहोला देशको फोहोर भनेरपालैपालो नेता पनि फेर्‍याैँफेर्नुहोला देशको अनुहार भनेर फेर्नुभएन देश,बरु आफ्नै सत्र पुस्ताको जिन्दगी फेर्नुभयोफिर्नुभएन हामीतिर, बरु सधैं परचक्रीहरूका पाउमा गिर्नुभयो हाम्रो भरोसा, हाम्रो समय सत्यानाश भएछ वास्तवमा उहाँहरू त गोबरका रास हुनुहुँदो रहेछ भित्र गोबर, बाहिर गोबरसर्वाङ्ग गोबरगोबरको थुप्रो, गोबरको शालिकहामीले वर्षौंदेखि गोबरहरूलाई नमस्कार गरेछौँगोबरका थासहरूमा मलजल भ

‘नेपाली हास्यव्यङ्ग्य कविता’मा लक्ष्मण गाम्नागेको जाँगर

यस समयका उम्दा हास्यव्यङ्ग्य सर्जक लक्ष्मण गाम्नागे सिस्नुपानी नेपालका अध्यक्ष हुन् । उनका घिटिक घिटिक बाँचेर शहरमा, लाठीचार्ज, तीन न तेह्र, कति धुनु गधाहरूलाई, स्वाहा, पत्याउँदा पत्याउँदै आदि हास्यव्यङ्ग्य संग्रह आएका छन् । साथै, गाम्नागेका पसिनाका पाइला उपन्यास तथा पुराना चिठीहरूको संग्रह प्रिय चिठीहरू पनि प्रकाशन भएका छन् । उनले अन्य लेखकहरूका हास्यव्यङ्ग्य लेख, कविता संकलन र सम्पादनमा समेत उत्तिकै समय दिएका छन् । हास्यव्यङ्ग्य क्षेत्रमा लागेका सर्जकहरूलाई लेखन र प्रकाशनमा हौसला समेत प्र

मुसे यात्रा

लक्ष्मण गाम्नागे : आजै जाऊँ कि भोलि जाऊँ भन्ने द्विविधा भयो निकैबेर । भैगो आजै जान्छु भनेर दिउँसोको चिया खाइवरी २ बजेको समयमा म घरबाट निस्किएको हुँ । हिँड्दै गर्दा छोराले बोलायो,— “बाबा !” मैले भनेँ,— “ल, ल, मिलेछ भने ल्याउँला ।” उसले भन्यो,— “मैले केही भनेकै छैन, के ल्याउँला ?” “हिँड्ने बेलामा तैंले के भन्छस् […]

मशिनजस्ता मान्छेको नवीनतम उपद्रो : को वरिष्ठ ?

लक्ष्मण गाम्नागे अलि अस्ति हेटौंडा गएका बेला दाजु आरसी रिजालले प्रेमपूर्वक दिनुभएको व्यंग्य संग्रह ‘को वरिष्ठ’ एकै बसाइमा पढी सिध्याएँ । कुरा के छ भने हात परेका कतिपय किताबहरू कभर सुमसुम्याएर पत्रिकाहरूसँगै राखिन्छ, कति भूमिका पढेर थन्क्याइन्छ, कति केही पाना पढेर लुकाइन्छ, कति किताबहरू कन्दैओर्दै केही हप्ता वा महिना लगाएर भए पनि पढी सिध्याइन्छ ।  कति किताबहरूले पढ्न थालेपछि सकेर मात्रै उठ्ने अनुमति दिन्छन् भने कति किताबहरूले पढिसकेपछि पनि के गरौं के गरौं भएर छट्पटीमा पारिदिन्छन् । मेरा लागि आ...