मशिनजस्ता मान्छेको नवीनतम उपद्रो : को वरिष्ठ ?

लक्ष्मण गाम्नागे अलि अस्ति हेटौंडा गएका बेला दाजु आरसी रिजालले प्रेमपूर्वक दिनुभएको व्यंग्य संग्रह ‘को वरिष्ठ’ एकै बसाइमा पढी सिध्याएँ । कुरा के छ भने हात परेका कतिपय किताबहरू कभर सुमसुम्याएर पत्रिकाहरूसँगै राखिन्छ, कति भूमिका पढेर थन्क्याइन्छ, कति केही पाना पढेर लुकाइन्छ, कति किताबहरू कन्दैओर्दै केही हप्ता वा महिना लगाएर भए पनि पढी सिध्याइन्छ ।  कति किताबहरूले पढ्न थालेपछि सकेर मात्रै उठ्ने अनुमति दिन्छन् भने कति किताबहरूले पढिसकेपछि पनि के गरौं के गरौं भएर छट्पटीमा पारिदिन्छन् । मेरा लागि आ...