राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० भित्र (सात दिनको समय) दिएर नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न समय सीमा निर्धारण गरेसँगै प्रमुख राजनीतिक दलहरू ‘प्रेसर’मा परेका छन् । दुई वा दुई भन्दा बढी दल नमिली नयाँ सरकार गठन नहुने निर्वाचन परिणाम आएपछि सहमति र सहकार्यका लागि आपसमा विश्वास जित्ने, राज्यका महत्त्वपूर्ण शक्ति (पद)हरूको सन्तुलन मिलाएर बाँडफाँट गर्ने तथा गठबन्धनलाई निरन्तरता दिने लगायतका विषयको टुङ्गो लगाउनुपर्ने दलहरूलाई दबाब छ ।यस्तो ‘प्रेसर’मा विशेष गरी सत्ता
काठमाडौँ,२९ मँसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अङ्क गणितीय जोड घटाउन गर्दै गम्भीर वार्ता र संवादमा व्यस्त रहँदै आएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ र समानुपातिक निर्वाचन प्रणालीबाट सात राजनीतिक […]
आम निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणनासमेत सम्पन्न गरी दलहरुको सिट संख्या निर्धारण गरिसकेको छ । यस आधारमा सात वटा प्रदेशमध्ये चार वटा प्रदेशमा सत्तारुढ गठबन्धनले सजिलै सरकार गठन गर्न सक्ने समीकरण बनेको छ । बाँकी तीन वटा प्रदेशमा भने सत्ता गठबन्धनले बहुमत जुटाउन अन्य दललाई समेत साथ लिनुपर्ने अवस्था देखिन्छ ।यी हुन् सजिलै सरकार गठन हुने प्रदेश११० सदस्यीय बागमती प्रदेशमा पनि सत्तारुढ गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । यो प्रदेशमा प्रत्य
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई स्याल र एमालेलाई सिंहको संज्ञा दिएका छन् । आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागिमात्रै चुनाव नभएको बताए । ‘मंसिर ४ को निर्वाचन सामान्य अघिपछि हुने निर्वाचनजस्तो होइन । देशको भाग्य भविष्य निर्धारण गर्ने चुनाव हो यो, त्यसैले राजनीतिक रंगमञ्चमा यो चुनावले विशेष अर्थ राख्ने महासंग्रामका रुपमा बुझ्नुपर्छ’, ओलीको भनाइ छ । उनले देश बचाउने, देशक
२१ कात्तिक, बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर चार गतेको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने बताएका छन् । नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी बागलुङले बुर्तिबाङमा आयोजना गरेको चुनावी सभामा उनले देशको सार्वभौमसत्ता र स्वाधिनता रक्षाको लागि एमालेको बहुमतको सरकार अपरिहार्य भएका हुन् । ‘चारतिर मुख फर्किएकाहरु एकसाथ चुनावमा आएका छन्,’ सत्तारुढ […]
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) एकल बहुमतमा आफ्नो नेतृत्वको सरकार बनाउने एजेण्डासहित चुनावमा होमिने भएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको ध्यान अब निर्वाचन केन्द्रित भएर जाने निर्णय गरेको हो। बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘हामी अब चुनावमा होमिसकेका छौँ। उम्मेदवार चयनको विधि र मापदण्ड केन्द्रीय कमिटीले निर्धारण गर्छ। त्यो तल्लो तहसम्म पठाएपछि त्यही अनुसार सिफ
आज स्थानीय तहको दोस्रो निर्वाचन हुन गइरहेको छ। प्रत्येक ५ वर्षमा हुने यो राष्ट्रिय महोत्सवमा सक्रियताका साथ सहभागी हुन हामी सबै मतदातालाई हार्दिक अनुरोध गर्दछौं। तपाईँको प्रत्येक मतले लोकतान्त्रिक पद्धति बसाउन महत्वपूर्ण योगदान दिनेछ। अर्को ५ वर्षका लागि तपाईँको स्थानीय सरकार निर्धारण हुने पनि हो आज। त्यो तपाईँको सबैभन्दा नजिकको…
लोकतन्त्रका लागि आवधिक निर्वाचन प्राण हो । लोकतन्त्रको आधारभूत मान्यता बहुमतको शासन हो । बहुमत र अल्पमतको निर्णय संख्याबाट हुन्छ र संख्याको निर्धारण निर्वाचनबाट हुन्छ । एउटा जीवित र गतिशील लोकतन्त्रमा स्वतन्त्र र स्वच्छ निर्वाचन अपरिहार्य छ । विश्वका जुनसुकै मुलुकका लागि प्रतिनिधिमुलक सरकार जनअनुमोदित हुनुपर्छ भन्ने कुरा दोस्रो विश्वयुद्धपछि स्थापित विश्वव्यापी मान्यता रहिआएको छ […]
निर्वाचन आयोगले गत साता साउन १५ को समयसीमा नै तोकेर निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारलाई पत्र पठायो । संविधानअनुसार माघ ७ भित्र प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने दायित्व सम्झाउँदै आयोगले त्यो काम पूरा गर्न साउन १५ भित्र प्रतिवेदन आयोगलाई प्राप्त भइसक्नुपर्ने बाध्यता स्मरण गरायो । तर सरकार भने निर्वाचन क्षेत्र निर्धारण आयोग गठनमा अझै तातेको छैन ।