क्षेत्र निर्धारण आयोग गठनमै अलमल

निर्वाचन आयोगले गत साता साउन १५ को समयसीमा नै तोकेर निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारलाई पत्र पठायो । संविधानअनुसार माघ ७ भित्र प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने दायित्व सम्झाउँदै आयोगले त्यो काम पूरा गर्न साउन १५ भित्र प्रतिवेदन आयोगलाई प्राप्त भइसक्नुपर्ने बाध्यता स्मरण गरायो । तर सरकार भने निर्वाचन क्षेत्र निर्धारण आयोग गठनमा अझै तातेको छैन ।

सम्बन्धित सामग्री

एसईईपछि के पढ्ने ?

एसईई पास भएपछि विद्यार्थीहरूलाई कुन विषय पढ्ने भन्ने अलमल हुन्छ । विद्यार्थीमात्र होइन, उनीहरूका अभिभावकलाई पनि अन्योल हुन्छ । कतिपय विद्यार्थी साथीभाइको लहलहैमा तथा कतिपय चाहिँ अभिभावक र शिक्षकको दबाबमा उच्च शिक्षा पढ्ने निधो गर्छन् ।  एसईईपछिको शिक्षाले विद्यार्थीको भविष्य निर्धारण गर्छ । विद्यार्थीलाई यो विषय पढ भनेर कर वा दबाब दिनु हुँदैन । कक्षा ११ मा विद्यार्थीले आफ्नाे रुचि र क्षमताअनुसारको विषय पढ्नु पर्छ । विद्यार्थीले विगतमा लगातार राम्रो प्रदर्शन गरेको विषय पढ्दा सफलता मिल्ने सम्भावना पनि बढ्छ । त्यसैले विद्यार्थ...

जनगणना नतिजामा अलमल

जनगणनाको महत्त्व विभिन्न हिसाबले छ। जनसंख्याकै आधारमा निर्वाचन क्षेत्र निर्धारण र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य संख्या एकिन हुन्छ।...

बुक बिल्डिङमा अलमल

चैत ३, काठमाडौं । वास्तविक क्षेत्रका कम्पनीहरूलाई पूँजी बजारमा भित्र्याउन नेपालमा पहिलोपटक शुरू गरिएको बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा अलमल भइरहेको छ । बुक बिल्डिङ कार्यान्वयन हुन नसक्नुमा कम्पनीहरू र नियामक निकायको आआफ्नै तर्क छन् । बुक बिल्डिङमार्फत कम्पनीले शेयर जारी गरेको भए एकातिर सर्वसाधारणले नाफामा गएका त्यस्ता कम्पनीको शेयर किन्न पाउँथे भने अर्कोतर्फ ती कम्पनीप्रति सर्वसाधारणको अपनत्व बढ्थ्यो । यसले धितोपत्र दोस्रो बजार पनि विविधीकरण हुन्थ्यो । संसारका थुप्रै मुलुकमा यस्तो विधि प्रयोगमा ल्याइएपछि धितोपत्र बजार थप परिपक्व भएको उदाहरण छन् । पहिलोपटक सर्वोत्तम सिमेन्टले गतवर्ष नै बुक बिल्डिङमार्फत शेयर जारी गर्ने घोषणा गरे पनि अझै जारी हुन सकेको छैन ।  सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपाने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग सम्झौता हुन नसक्दा आफूहरू अन्योलमा परेको बताउँछन् । ‘नेपालका लागि नयाँ रहेको यो विधिमार्फत संस्थागत लगानीकर्ताले शेयरका लागि बोलकबोल गर्न स्वचालित विद्युतीय ९बिडिङ० प्रणाली आवश्यक हुने र यसका लागि नेप्सेले प्रणाली निर्माण नगरेकाले प्रक्रिया अघि बढ्न सकेको छैन,’ उनले भने ।  उनले कम्पनीका तर्फबाट भने आईपीओ निष्कासनका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । ‘त्यसैले बिडिङ प्रणालीको टुंगो लागे प्रक्रिया अघि बढ्छ,’ उनले भने । बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्दा मूल्यसीमा निर्धारणका लागि संगठित संस्थाले बिडिङ प्रणालीमार्फत बोलकबोल गर्नेगरी धितोपत्र बजारसँग सम्झौता गर्नुपर्ने हुन्छ ।  यता नेप्सेले भने कम्पनीले बिडिङ प्रणालीको विकल्पमा अन्य व्यवस्थाबाट पनि मूल्यसीमा निर्धारणको प्रक्रिया सम्पन्न गर्न सक्ने बताएको छ । नेप्सका सूचना अधिकारी मुराहरि पराजुली बिडिङ प्रणाली सञ्चालनमा नआएसम्म संगठित संस्थाले शिलबन्दी बोलकबोलमार्फत पनि विक्रीको आवेदन माग गर्न सक्ने विकल्प रहेको दाबी गर्छन् । बिडिङ प्रणाली सञ्चालन नगरेका कारण सर्वोत्तमको आईपीओ निष्कासन रोकिने अवस्था नआउने उनको भनाइ छ । बुक बिल्डिङका लागि नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्तासमेत नियुक्त गरिसकेको थियो । गतवर्षको चैतमै सर्वोत्तमले विक्री प्रबन्धक नियुक्त गरिसकेको थियो ।  धितोपत्र बोर्डले निर्देशिकाले गरेको स्पष्ट व्यवस्थालाई कार्यान्वयन गर्दै प्रक्रिया अघि बढाउँदा सर्वोत्तमलाई बिडिङ प्रणालीले नरोक्ने बताएको छ । बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता नीरज गिरीले पनि बोर्डले बिडिङ प्रणाली उपलब्ध नभएको खण्डमा शिलबन्दी बोलकबोल विधि लागू गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारे ।  अन्य कम्पनी पनि अहिले यो विधिसँग जोडिन चाहेको अवस्थामा सर्वोत्तम सिमेन्टले आवश्यक समन्वय गरी प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए ।  बुक बिल्डिङ विधिलाई प्रभावकारी बनाउनुपर्ने माग लगानीकर्ता छोटेलाल रौनियारकोे छ । बुक बिल्डिङ विधि अघि सारेको सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्कासनका लागि सहज वातावरण उपलब्ध गराउन उनले सरोकारवाला निकायसँग मागसमेत गरेका छन् । सर्वोत्तम सिमेन्टको आईपीओलाई बुक बिल्डिङ विधिको एउटा सफल उदाहरण बनाई अन्य कम्पनीलाई पनि यस विधिमार्फत जोड्न प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ विक्री गर्ने गरी गतवर्ष चैत ४ गते नै विक्री प्रबन्धक नियुक्त गरेको थियो । कम्पनीले आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल र सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको थियो ।  कम्पनीले कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानीयका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको छ ।  हाल रू. ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीको आईपीओपश्चात् यो पूँजी रू. ४ अर्ब पुग्नेछ । व्यावसायिक उत्पादन शुरू गरेपछि नै नाफा कमाउँदै आएकाले विगत ३ वर्षको औसत मुनाफा वार्षिक रू.१ अर्ब ४ करोडभन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ । आईपीओ विक्रीबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गरी बाँकी रकमले उद्योगको उत्पादन क्षमता दोब्बर गर्ने योजना बनाएको कम्पनीले आईपीओपश्चात् ३५ प्रतिशत लाभांश वितरण गर्ने योजना विक्री प्रबन्धक नियुक्तिकै दिन सार्वजनिक गरेको थियो । कम्पनीको उत्पादन क्षमता दोब्बर योजनाले ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुने प्रक्षेपण कम्पनीको छ । आईपीओको अंकित मूल्य रू. १०० भए पनि बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताको मूल्यांकनका आधारमा शेयरमूल्य तय हुने व्यवस्था छ । कम्पनीले आन्तरिक मूल्यांकन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी मूल्य कायम हुने विश्वास लिएको छ । संस्थागत लगानीकर्ताले रू.७५० मूल्य तोकेमा सर्वसाधारणले १० प्रतिशत कम रू.६७५ मै शेयर किन्न पाउने भएकाले सर्वसाधारण लगानीकर्तालाई सहुलियत हुने जानकारहरू बताउँछन् ।  धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीहरूलाई पूँजी बजारमा भित्र्याउने उद्देश्यका साथ २०७७ साल साउन २८ गतेदेखि बुक बिल्डिङ विधि लागू गरेको हो । वास्तविक क्षेत्रका कम्पनीहरूको आईपीओको मूल्य बजारले नै निर्धारण गर्ने गरी बोर्डले बुक बिल्डिङ विधि लागू गरेको हो । बुक बिल्डिङ विधिबाट निष्कासन हुने शेयर किन्न बोर्डबाट ८० भन्दा बढी संस्थागत लगानीकर्ताले स्वीकृति प्राप्त गरिसकेका छन् । आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

मुआब्जा निर्धारणमै अलमल

विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण क्षेत्रको मुआब्जा निर्धारण गर्न गठित समितिले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग बजेटको माग गरेको छ । जग्गा आपूर्ति ऐनअन्तर्गत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुन मूल समितिले मन्त्रालयसँग बजेटको व्यवस्था गर्न माग गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र पूँजी बजार फोरम

दैनिक गुजारा चलाउन आवश्यक पर्ने सबै चिज आफैले जुटाउन सकिँदैन । आफूसँग नभएका चिज छरछिमेक र आफन्तसँग पैंचो वा सरसापट गरी चलाइन्छ । खेतीपातीमा पाखुरा साटासाट अर्थात् पर्म पनि लाइन्छ । पैंचो, सरसापट र पर्मबाट नचल्ने चिज बजारबाट प्राप्त गरिन्छ । बजारको उपलब्धता र सहजता दुवै सधैं नहुन पनि सक्छ । यस्तो अवस्थामा बजारजस्तै स्वरूपको विशेष किसिमको बजारबाट आपूर्ति गरिन्छ । यस्तो बजारलाई ‘हाट’ भनिन्छ । मुख्यतः ग्रामीण र शहरोन्मुख क्षेत्रमा हाट लाग्ने गर्छ । हाट साप्ताहिक रूपमा (बार), पाक्षिक र तिथिअनुसार लाग्छ । मानिसका दैनिक आवश्यकता हाटले पूरा गरे जस्तै उद्योग र वाणिज्यका लागि ‘पूँजी’ जुटाउने पनि बजार हुन्छ । यस्ता बजारबाट जुनसुकै प्रकारका औद्योगिक र वाणिज्यिक गतिविधिका लागि पूँजी उपलब्ध हुन्छ । यस्तो हाटलाई ‘पूँजीबजार’ भनिन्छ । औद्योगिक र वाणिज्यिक गतिविधिका लागि प्रशस्त पूँजी चाहिने हुँदाहुँदै पनि औद्योगिक र वाणिज्यिक संस्थाको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघले यसलाई बेवास्ता गरेझैं स्थिति थियो । यसैलाई पूरा गर्न महासंघले आफ्नो स्थापनाको ५६ वर्षपछि ‘पूँजी बजार फोरम गठन’ गरेर पूँजी बजार विकासका लागि संस्थागत प्रयास शुरू गरेको छ । वर्षाैंसम्म शेयर धारण गर्ने र छोटो समयमा किनबेच गर्नेलाई एकै दरमा पूँजीगत लाभकर लगाउनु न्यायोचित नहुने हुँदा अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई फरकफरक दरको पूँजीगत लाभकर निर्धारण गर्ने सुझाव पेश गरिएको थियो । फोरम गठन र संरचना महासंघले ११ ओटा कार्य गर्न कार्यादेश दिएर गठन गरेको पूँजी बजार फोरममा पूँजी बजारसँग सम्बद्ध सबै प्रकारका संस्था, विषयविज्ञ र लगानीकर्ताको सहभागिता छ । फोरम महासंघका कार्यकारिणी सदस्य श्री अम्बिकाप्रसाद पौडेल (पंक्तिकार) को सभापतित्वमा गठन भएको छ । फोरममा पूर्ण, आमन्त्रित, विशेष आमन्त्रित र सल्लाहकारसमेत १४ सदस्य छन् । उद्योग र वाणिज्यको क्षेत्रमा सक्रिय श्री रामशरण थपलिया सहसभापति छन् । पूँजीबजारमा प्रत्यक्ष संलग्न संस्था मर्चेन्ट बैंकर र ब्रोकर एशोसिएशनका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । यसका अतिरिक्त लगानी विश्लेषक, लगानीकर्ता, धितोपत्र तथा कम्पनी कानूनका अध्येता र पूँजी बजारका विविध पक्षका अध्येतासहित सात जना पूर्ण सदस्य छन् । पूर्ण सदस्यहरूमा श्री निर्माणकुमार श्रेष्ठ, श्री मेखबहादुर थापा (अध्यक्ष, मर्चेन्ट बैंकर एशोसिएशन), श्री सन्तोष मैनाली (अध्यक्ष, स्टक ब्रोकर एशोसिएशन), श्री प्रियराज रेग्मी, श्री विष्णुप्रसाद बस्याल, श्री राजन लम्साल र श्री ज्योति दाहाल (पंक्तिकार) छन् । गैरआवासीय नेपालीसँग प्रत्यक्षरूपमा संलग्न एवम् गैरआवासीय नेपालीद्वारा प्रवद्र्धन गरिएको एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री उषा खतिवडा र धितोपत्र व्यवसायी श्री अनन्तकुमार पौडेल आमन्त्रित सदस्य छन् । विशेष आमन्त्रित सदस्यको रूपमा नेपाल अटोमोबाइल डिलर्स एशोसिएशनका महासचिव श्री सुनील रिजाल छन् । विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थामा रहेर कार्य गरेका श्री कुमारकेशर बिष्ट, ऊर्जा विज्ञ एवम् ऊर्जा विकासकर्ता श्री ज्ञानेन्द्रलाल प्रधान र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री ध्रुव तिमिल्सिना सल्लाहकार छन् । बैठक र उपलब्धि अर्थतन्त्रको ऐनाका रूपमा रहेको पूँजी बजार सम्बन्धमा सरकार तथा तालुकी निकायलाई नीतिगत र कार्यगत विषयमा सल्लाह सुझाव दिन महासंघले पहिलोपटक फोरम गठन गरेको हो । पूँजी बजारको गुणात्मक विकास गर्न यसका सम्भावना र चुनौतीको विषयमा सरकार तथा तालुकी निकायलाई नीतिगत र कार्यगत सल्लाह र सुझाव दिन गठित फोरमको पहिलो बैठक ९ माघ २०७७ मा बसेको थियो र हालसम्म पाँचओटा बैठक बसिसकेको छ । फोरमले आफ्नो कार्यकालभित्र गर्न सक्ने कार्यक्रम पहिचान गरी त्यसलाई महासंघकै दस्तावेज बनाउन पूँजी बजारसँग सम्बद्ध समस्या, गैरआवासीय नेपालीलाई नेपालको पूँजी बजारमा सहज लगानी गर्न नीतिगत बाधाहरूको पहिचान र आर्थिक वर्ष (आव) २०७८/७९ को बजेटलाई लक्षित गरी पूँजी बजारसँग सम्बद्ध करका विषय पहिचान गरेको थियो । पूँजी बजारको सर्वोच्च नियामक नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), सिडिएस एन्ड क्लियरिङ कम्पनी लिमिटेड, अर्थमन्त्री र अर्थ मन्त्रालयलाई नीतिगत र कार्यगत सुधारका विषयमा सल्लाह र सुझाव पेश गरिएको थियो । लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन रूपमा विभाजन गरी फरकफरक दरमा पूँजीगत लाभ कर लगाउन अर्थ मन्त्रालयमा सुझाव पेश गरिएको थियो । वर्षाैंसम्म शेयर धारण गर्ने र छोटो समयमा किनबेच गर्नेलाई एकै दरमा पूँजीगत लाभकर लगाउनु न्यायोचित नहुने हुँदा यस्तो सुझाव पेश गरिएको थियो । आव २०७८/७९ को बजेटले अल्पकालीन र दीर्घकालीन लगानीको परिभाषा गरी फरकफरक दरमा पूँजीगत लाभकर कार्यान्वयनमा ल्याएको छ । साउन १ गतेदेखि अल्पकालीन र दीर्घकालीन लगानीकर्ताले क्रमशः ७ दशमलव ५ र ५ प्रतिशत पूँजीगत लाभकर तिरिरहेका छन् । पूँजीगत लाभकरसम्बन्धी यस्तो व्यवस्थाले लाभकर गणनामा रहेको वर्षौंदेखिको अलमल समाप्त भएको छ । आगामी लक्ष्य पूँजी बजारका अरू थुप्रै अपेक्षा पूरा हुन सकेका छैनन् । पूरा नभएका अन्य विषयलाई आगामी दिनमा पूरा गराउन फोरम क्रियाशील रहेको छ । फोरमका आगामी लक्ष्यहरूमा (१) पूँजीगत लाभकरलाई अन्तिम भुक्तानीमा समावेश, (२) संस्थागत लगानीकर्तालाई १५ प्रतिशत आयकर, (३) संस्थागत लगानीकर्ता र धितोपत्र व्यवसायीलाई अग्रिम करबापत १ दशमलव ५ प्रतिशत, (४) म्युचुअल फन्डमा १ लाख रुपैयाँसम्मको लगानी गर्ने व्यक्तिगत लगानीकर्तालाई सो बराबरको रकम करयोग्य आयबाट घटाउन पाउने व्यवस्था, (५) सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानमा लगानी गर्ने लगानीकर्तालाई आयकरमा छूट, (६) नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएसको पुनःसंरचना, (७) विषयविज्ञ सम्मिलित टोलीले दिएको सुझावको आधारमा कम्पनी, धितोपत्र, ट्रस्टी र निक्षेपण (डिपोजिटरी) ऐन निर्माण, (८) निश्चितभन्दा बढी चुक्ता पूँजी भएका पब्लिक कम्पनीले कम्तीमा ३० प्रतिशत शेयर जारी गरी सूचीकरणमा अनिवार्य आउनुपर्ने व्यवस्था मिलाई आयकर छूटको अवधि र दर बढाउने, (१०) कम्पनीसम्बन्धी मुद्दा सुनुवाइ गर्न कम्पनी न्यायाधिकरण र कम्पनी पुनरावेदन न्यायाधिकरण गठन गराउने, (११) निश्चितभन्दा बढी पूँजी भएका प्राइभेट कम्पनीलाई ओटीसी (ओभर द काउन्टर) मा सूचीकरण गराउने, (१२) धितोपत्रसम्बन्धी विवाद सुनुवाइ गर्न धितोपत्र न्यायाधिकरण गठन गराउने, (१३) अन्तरदिन (इन्ट्राडे) र अल्प विक्री (शर्ट सेल) कारोबार शुरू गर्ने, (१४) धितोपत्रसँग सम्बद्ध सम्पूर्ण नियमावली, निर्देशिका संशोधन वा नयाँ बनाउने, (१५) हकप्रदको निस्सा कारोबार गराउने, (१६) वित्तीय व्युत्पन्न (फाइनासियल डेरिभेटिव) उपकरण विकास गर्ने, (१७) नयाँ मानक इन्डेक्स बनाउने, (१८) भूमिमा आधारित रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट र पूर्वाधारमा आधारित इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट र ईटीएफ (एक्सचेन्ज ट्रेडेड फन्ड) जस्ता वित्तीय उपकरण बनाउने, (१९) ओटीसी बजारलाई विस्तार तथा स्वचालित बनाउने र (२०) अक्शन मार्केट सञ्चालन गराउने आदि जस्ता कार्यक्रम निर्धारण गरिएका छन् । यसका अतिरिक्त जलविद्युत् क्षेत्रका कम्पनीका सम्बन्धमा विद्युत् नियमन आयोगसँग समन्वय गरी त्रैमासिक एवम् वार्षिक वित्तीय विवरणका लागि एकरूपता कायम हुने गरी मानक निर्धारण गराउने र शेयर संरचना अनुपात बैंकसरह बनाउने जस्ता कार्यक्रम रहेको छ । देशका विभिन्न स्थानमा महासंघका जिल्ला तथा नगर समिति र अन्य संस्थासँग समन्वय गरी लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने तय गरिएका छन् । (लेखकद्वय पौडेल र दाहाल नेपाल उद्योग वाणिज्य महासंघ, पूँजीबजार फोरमका क्रमशः सभापति र सदस्य हुन्)