लोकतन्त्रका लागि आवधिक निर्वाचन प्राण हो । लोकतन्त्रको आधारभूत मान्यता बहुमतको शासन हो । बहुमत र अल्पमतको निर्णय संख्याबाट हुन्छ र संख्याको निर्धारण निर्वाचनबाट हुन्छ । एउटा जीवित र गतिशील लोकतन्त्रमा स्वतन्त्र र स्वच्छ निर्वाचन अपरिहार्य छ । विश्वका जुनसुकै मुलुकका लागि प्रतिनिधिमुलक सरकार जनअनुमोदित हुनुपर्छ भन्ने कुरा दोस्रो विश्वयुद्धपछि स्थापित विश्वव्यापी मान्यता रहिआएको छ […]