राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० भित्र (सात दिनको समय) दिएर नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न समय सीमा निर्धारण गरेसँगै प्रमुख राजनीतिक दलहरू ‘प्रेसर’मा परेका छन् । दुई वा दुई भन्दा बढी दल नमिली नयाँ सरकार गठन नहुने निर्वाचन परिणाम आएपछि सहमति र सहकार्यका लागि आपसमा विश्वास जित्ने, राज्यका महत्त्वपूर्ण शक्ति (पद)हरूको सन्तुलन मिलाएर बाँडफाँट गर्ने तथा गठबन्धनलाई निरन्तरता दिने लगायतका विषयको टुङ्गो लगाउनुपर्ने दलहरूलाई दबाब छ ।यस्तो ‘प्रेसर’मा विशेष गरी सत्ता