बागलुङ। बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछि अक्सिजनसहितको आइसोलेसन कक्ष तयार पारेको छ। नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको रातामाटामा ३५ शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको जनाएको छ। नगरपालिका क्षेत्रमा रहेको धौलागिरि अस्पतालमा आइसोलेसन शय्या भरिदै जान थालेपछि आइसोलेसन कक्षको निर्माण गरेको नगरप्रमुख जनकराज पौडेलले बताए। धौलागिरि अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन्। रासस