वैशाख २३, सनफ्रान्सिस्को (अमेरिका) । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेफ बेजोसले कम्पनीको करीब २ अर्ब डलर बराबरका शेयर बेचेका छन् ।
अमेरिकी शेयर नियामक सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनको फाइलिङले यस्तो देखाएको हो । बेजोसले मंगलवार मात्रै करीब कम्पनीको ६८ करोड ४० लाख डलर बराबरको शेयर बेचेको फाइलिङले देखाएको छ ।
सोमबार भने करीब १ अर्ब २७ करोड डलर बराबरका शेयर बेचेका थिए । यसको अर्थ यी २ दिनमा उनले १ अर्ब ९५ करोड डलर बराबरको शेयर बेचेका छन् । यो यसअघि व्यवस्था मिलाईको १० खर्ब (५–१ कारोबार योजना) को हिस्सा भएको बताइएको छ ।
गत नोभेम्बरमा पनि उनले एमाजनका ३ अर्ब डलरभन्दा धेरैको शेयर बेचेका थिए । आफूले अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनका लागि लगानी जुटाउन हरेक वर्ष एमाजनमा १ अर्ब डलर बराबरको शेयर बेच्ने घोषणा यसअघि नै बेजोसले गरिसकेका छन् । एजेन्सी