नायिका रेखा थापालाई चुनावी चटारो छ। फिल्म कर्मलाई स्थगित गरेर उनी केही दिनयता सिन्धुपाल्चोकका गाउँघर चाहार्दै भोट माग्न व्यस्त छिन्। उनी राप्रपा (प्रजातान्त्रिक) की सहमहामन्त्रीसमेत हुन्। उनका पार्टी अध्यक्ष पशुपति राणा सिन्धुपाल्चोक–२ प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा छन्।