काठमाडौँ – नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा पराजित भएकी छन्। राप्रपाको महिला महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्तीकुमारी शाहीसँग पराजित भएकी हुन्। थापाले एकहजार ६४७ मत ल्याउँदा विजेता शाहीले २ हजार ८ मत पाएकी थिइन्। थापाले अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी थिइन्। शाहीले भने पराजित कमल थापाको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दर्ता […]