डाभोस सम्मेलनमा भारतीय भाष्य

सन् २०२४ जनवरी १५ देखि १९ सम्म डाभोसमा अन्तरराष्ट्रिय आर्थिक समिट सम्पन्न भएको छ । हरेक वर्ष हुने यो समिटले विश्वको आर्थिक घटना र परिघटनामाथि समीक्षा गर्ने गर्छ । यसमा विश्वका मूर्धन्य व्यापारिक घराना, अर्थविद्, वित्तीय संस्थाका प्रतिनिधिहरूका साथै राजनेताहरूको समेत उल्लेख्य मात्रामा प्रतिनिधित्व हुन्छ । हरेक राष्ट्रले आफ्नो वित्तीय अवस्थालाई विश्वका लगानीकर्तासमक्ष राख्दै निवेशका लागि निमन्त्रणा गर्ने गर्छन् । सन् २०२४ लाई चुनावी वर्षको रूपमा लिइन्छ । यो वर्ष ६४ ओटा मुलुकमा चुनाव हुन गइरहेको छ । हरेक मुलुकले चुनावमा आर्थिक मुद्दालाई नै महत्त्वपूर्ण ठानेका छन् ।  कोरोनाको कहर, रसिया–युक्रेन युद्ध र इजरायल–हमास युद्धले गर्दा विश्व अर्थतन्त्र शिथिल भइरहेको अवस्था छ । सन् २०२४ मा बंगलादेश र भुटानको चुनावमा विकासको मुद्दालाई नै प्रमुख प्राथमिकता दिइएको थियो । ताइवानको चुनावमा स्वायत्तता र आर्थिक विकास नै चुनावको प्रमुख मुद्दा थियो । चिनियाँ विरोधी नारा र प्रजातान्त्रिक पद्धतिप्रति अटुट विश्वासलाई जनताले ताइवानको डीपीपी पार्टीलाई नै लालमोहर लगाइदियो । सन् २०२४ को डाभोस आर्थिक समिटमा विभिन्न विकास मोडेलमाथि व्यापक विमर्श भएको छ । अन्तरराष्ट्रिय मुद्राकोषका निर्देशक गीता गोपीनाथले प्रजातान्त्रिक पद्धतिको विकास मोडेल अपेक्षाकृत अनुकरणीय रहेको दाबी गरेकी छन् ।  प्रतिकूल राजनीतिक वातावरणमा पनि अमेरिका र भारतले आफ्नो आर्थिक अवस्थालाई अब्बल बनाइराख्नुको कारणमध्ये प्रजातान्त्रिक पद्धति पनि कारक तत्त्व हो भन्ने गोपीनाथले व्याख्या गरेकी छन् । संसारमा सबभन्दा द्रुत गतिले विकास गरिरहेका मुलुकमध्ये भारत रहेकाले भारतीय अर्थनीति डाभोसमा नयाँ आर्थिक भाष्य बनेको थियो । सन् २०१४ मा विश्वको १० औं अर्थतन्त्र रहेको भारत सन् २०२४ मा पाँचौं अर्थतन्त्र हुनुका धेरै आयाम छन् । जनसांख्यिक लाभ, प्रजातान्त्रिक पद्धति, खुला अर्थतन्त्र, भौगोलिक बनोट र अब्बल नेतृत्वले गर्दा भारत दिगो विकासतर्फ लम्किरहेको विज्ञहरूको आकलन रहेको छ । भारतका उर्जामन्त्री हरदीप सिंह पुरीले भारतीय अर्थतन्त्रको प्रारूपका बारेमा डाभोसमा अभिव्यक्ति दिएका छन् । भारतले वैकल्पिक ऊर्जाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको तथ्यांक मन्त्री पुरीले प्रस्तुत गरे । सन् २०१४ मा ग्रीन हाइड्रोजन र सौर्य उर्जाबाट भारतको कुल ऊर्जा खपतको १ दशमलव ४ प्रतिशत मात्र पूर्ति गथ्र्यो, सन् २०२३ मा यो २० प्रतिशत पुगेको छ । अधिक जनसंख्या युवा भएकाले ऊर्जा खपत उच्च रहेको छ । भारतको अर्जुन दृष्टि नै सौर्य ऊर्जा, जैविक ऊर्जा र विद्युतीय ऊर्जामा रहेको छ । भारतीय विकास मोडेलको अर्को प्रयोग डिजिटल क्षेत्रमा रहेको छ । सन् २०१४ मा डिजिटल पूर्वाधार निर्माणमा भारतको लगानी ३० अर्ब डलर थियो भने सन् २०२३ मा कुल लगानी १२० अर्ब अमेरिकी डलर रहेको छ । डिजिटल माध्यमको प्रयोगले उत्पादन र कार्य क्षमतामा ३ गुणा वृद्धि हुने तथ्य प्रमाणित भएको छ । सन् २०१४ ताका विद्युतीय टावरको संख्या ६० हजार थियो भने अहिले टावर संख्या २ दशमलब ४ मिलियन रहेको छ । टेलीकम टावरको कानून भारतमा बडो पेचिलो थियो । टावर स्वीकृतिको लागि न्यूनतम २३० दिन खर्च हुन्थ्यो । वर्तमान परिवेशमा मोदी सरकारले १ हत्ताभित्र नै योजनालाई स्वीकृति दिने नीति लिएको छ । यसका लागि विभिन्न ऐनका ३० हजार धारा र उपधारालाई निस्तेज गरेको छ । ८५ प्रतिशत द्रुत विद्युतीय माध्यमबाट नै स्वीकृत भएको छ ।  भारतका महिलामन्त्री स्मृति इरानीले सरकारको खुला अर्थनीति र स्पष्ट व्यापारिक नीतिका कारण भारतको कोकाकोला कम्पनी स्वीकृत भएको १ वर्षभित्र नै दक्षिण एशियाको सबभन्दा ठूलो उत्पादनकर्ता भएको कुरा बताएकी छन् । संसारको दोस्रो मोबाइल निर्माता भारत बनेको छ । विगतमा दिनमा जीट्वान्टी र ब्रिक्समा समेत भारतको समन्वयकारी भूमिकाले गर्दा भारतमा निवेशमैत्री वातावरणको निर्माण भएको छ । वर्तमान परिवेशमा अब्बल अर्थतन्त्र हुन कृत्रिम बौद्धिकता र सेमीकन्डक्टरको क्षेत्रमा काम गर्नुपर्ने देखिन्छ । माइक्रोन कम्पनीले संयुक्त साझेदारीमा निवेश गर्न प्रस्ताव राख्नेबित्तिकै मोदी सरकारको सक्रियताका कारण ९० दिनभित्र नै सेमीकन्डक्टर निर्माणको आवश्यक गृहकार्य शुरू गरिसकेको छ । समावेशी विकासविना प्रजातन्त्रको मेरूदण्ड बलियो हुन सक्दैन । गरीब जनतालाई वित्तीय प्रणालीमा जोडेर मात्र राज्यद्वारा प्रदत्त सुविधा बिचौलियाविना सम्भव हुन सक्छ । भारत सरकारले ५१० मिलियन गरीब जनतालाई बैंकिङ प्रणालीमा जोडेर राज्यद्वारा प्रदत्त सुविधा प्रदान गरेको देखिन्छ । प्रधानमन्त्री आवास कार्यक्रमअन्तर्गत विपन्न वर्गलाई लक्षित गर्दै ४० मिलियन आवास निर्माण गरेको छ । लोक कल्याणकारी राज्यको नीतिअनुरूप सडकमा व्यापार गरिरहेका निर्धन व्यक्तिहरूलाई धितोपत्रविना १० हजारदेखि ५० हजारसम्म वित्तीय सहयोग गरेको थियो । भारतको विकासको प्रयोगको डाभोसमा व्यापक चर्चा थियो । यति हुँदाहुँदै पनि भारतीय अर्थतन्त्रका सामुन्ने चुनौतीहरूको चाङ रहेको छ । विकासको मूलधारमा महिला सहभागिता उल्लेख्य रहेको छैन । भारत पारम्परिक समाज भएकाले कामदारका रूपमा साउदी अरेबियाभन्दा पनि भारतमा महिला सहभागिता कम देखिन्छ । जातीय संरचना, कट्टरपन्थी समाज, आतंकवाद, चीन र पाकिस्तानसँगको द्वन्द्वले अर्थतन्त्रमाथि नकारात्मक प्रभाव पारेको छ । सन् १९८६ मा भारत र चीनको आर्थिक आकार एकनासको भए तापनि अहिले चिनियाँ अर्थतन्त्रको आकार भारतभन्दा पाँच गुणा अधिक रहेको छ । भारतले वर्तमान आर्थिक वृद्धि दरलाई २ दशकसम्म निरन्तर राखेको खण्डमा इतिहासको चक्र फेरि दोहोरिने आकलन आर्थिक विश्लेषकहरूको रहेको छ ।  लेखक वैदेशिक मामिलाका अध्येता हुन् ।

सम्बन्धित सामग्री

जयशंकरको नजरमा इण्डियाको ‘भारत भाष्य’ र नेहरुको वामपन्थी रुझान

नेपाली पाठकको नजरियाबाट हेर्दा भारतले अख्तियार गरेको नीतिगत छनौटहरू नेपालको सन्दर्भमा कस्ता हुनेछन् भन्ने खास व्याख्या छैन यो पुस्तकमा । जयशंकरले भारतीय सभ्यतालाई आफ्नो कूटनीतिक अंगको रूपमा प्रस्तुत गर्न गइरहेको छ भनेका चाहिँ छन् । भारतीय सभ्यतासँगको नेपालको साइने अधिक छ । पुस्तकमा चर्चा गरिएको रामायण होस या महाभारत, नेपालको विशेष सम्बन्ध रहेको छ ।

गोलभेडाको अर्थशास्त्र

भारतबाट नआए गोलभेडा खान पाइँदैन भन्ने अवस्थामा सुधार हुँदै अहिले नेपाली गोलभेडा भारततर्फ निकासी गर्न थालिएको छ । केही समय अघिसम्म भारतीय गोलभेडाका कारण नेपाली किसानले बजार पाउन नसकेको भनी सडकमा फाल्ने अवस्था समेत थियो । अहिले जसरी नेपाली गोलभेडा भारत निकासी हुन थालेको छ यसले बजारको नयाँ सम्भावनालाई देखाएको छ । भारतमा सधैं कृषि उपजको उत्पादन समान हुँदैन । नेपालमा पनि उत्पादन समान हुँदैन । यस्तोमा एक देशमा बढी उत्पादन भएको र अर्को देशमा कम उत्पादन भएको अवस्थामा दुवै देश मिलेर कृषि उपजको बजार व्यवस्थापन गर्दा दुवै मुलुकलाई लाभ मिल्न सक्छ भन्ने यसले देखाएको छ ।  भारतको संसद्मा नै नेपालबाट गोलभेडा मगाउने कुरा मन्त्रीले जवाफ दिनु भनेको नेपालको कृषि उत्पादनका लागि निकै राम्रो सन्देश हो । भारतको मागलाई नेपालको उत्पादनले १ प्रतिशत पनि सम्बोधन गर्न सक्दैन होला तर अप्ठ्यारो परेको बेला उसलाई छिमेकीको उत्पादनले पनि राहत दिने रहेछ । त्यसो हुँदा दुवै देशले कृषि उत्पादनका लागि केही रणनीतिमा साझेदारीका साथ काम गर्र्नुपर्ने देखाएको छ । कृषि उत्पादन सरकारी नीति र निजीक्षेत्रको लगानीले मात्र बढ्छ भन्ने होइन । सबै प्रयास गर्दा पनि प्रकृतिमा आएको सामान्य फेरबदलले फरक पार्ने रहेछ । खासगरी चाँडै नष्ट हुने गोलभेडाजस्ता कृषि उत्पादनमा दुवै देश संवदेनशील हुनुपर्ने अहिलेको परिघटनाले सिकाएको छ । दुवै देशले बजारको लिन्केज जोडिराख्नुपर्ने कुरालाई यसले देखाएको छ । भारतीय उत्पादनलाई सराप्ने र त्यसले गर्दा नेपाली उत्पादन फाल्न परेको भाष्य स्थापित गरिएको छ । यस्तो प्रवृत्ति पनि आत्मघाती हुन्छ । व्यापारमा दुवै पक्ष लाभान्वित हुने खालको हुनुपर्छ । भारतसँग प्रतिस्पर्धै गर्न सकिँदैन भन्ने पनि होइन रहेछ भन्ने कुरा आँप र अहिले गोलभेडाले देखाइदिएको छ ।  नेपालले अहिले काँचो गोलभेडामात्रै निर्यात गरेको हो । निर्यात नभएको भए शायद अहिले पनि गोलभेडाले मूल्य नपाएर किसानहरू चिन्तामा पर्नुपथ्र्यो । त्यसैले गोलभेडालाई प्रशोधित गरेर बजार पठाउने व्यवस्थाका लागि पहल हुनुपर्छ । खाद्य प्रशोधन उद्योग खोलेर यस्ता वस्तुको खपत बढाउन सकिन्छ । गोलभेडाबाट केचप बनाउने उद्योग प्रशस्त भए भने यो सहजै विक्री हुन्छ । गोलभेडाजस्तै अन्य कृषि उपजमा पनि बेलाबेलामा यस्तै भएको पाइन्छ । प्याज, कागती जस्ता कृषि उपजमा पनि यस्तो अवस्था देखापरेको पाइन्छ । नगदे बालीका रूपमा मानिएको अदुवा र अलैंचीमा पनि यस्तै भइरहेको छ । उता बढी उत्पादन भए नेपाली उत्पादनले मूल्य र बजार नपाउने उता कम उत्पादन भए राम्रो मूल्य पाउने अवस्था छ । भारतले नेपालबाट कच्चा पदार्थका रूपमा अलैंची र अदुवा लैजाने र उसले प्रशोधित गरी अन्य देशमा बेच्ने गरेको पाइन्छ । नेपालले आफै प्रशोधन गरेर तेस्रो मुलुकमा बेच्न सक्ने हो भने कृषि वस्तुले दिगो बजार र राम्रो मूल्य पाइरहन सक्छ ।  आँपको सिजन सकिन लागेको छ । आँपमा पनि नेपाल आत्मनिर्भर जस्तै देखिन थालेको छ । तर, नेपालको आँप १ महीना मात्रै बजारमा देखिन्छ र यो निकै सस्तोमा विक्री हुन्छ । त्यसपछि भारतबाट आयात हुने आँपमै निर्भर बन्नुपर्छ । त्यस्तै आँपको जुसका लागि कच्चा पदार्थ तेस्रो मुलुकबाट ल्याएर जुस बनाई भारत निर्यात भइरहेको छ । यसमा समेत सुधार गर्न नेपाल र भारतको कृषि बजारलाई जोड्न सक्नुपर्छ । वास्तविकता बुझ्नुभन्दा भारतीय उत्पादनलाई सराप्ने र त्यसले गर्दा नेपाली उत्पादन फाल्न परेको भाष्य स्थापित गरिएको छ । यस्तो प्रवृत्ति पनि आत्मघाती हुन्छ । व्यापारमा दुवै पक्ष लाभान्वित हुने खालको हुनुपर्छ । भारतसँग प्रतिस्पर्धै गर्न सकिँदैन भन्ने पनि होइन रहेछ भन्ने कुरा आँप र अहिले गोलभेडाले देखाइदिएको छ । यस्तो लाभ क्षणिक हो तैपनि यसले सम्भावना भने नयाँ देखाइदिएको छ । त्यसो हुँदा नेपालको कृषि अर्थतन्त्रलाई केही फरक ढंगले बढाउनुपर्ने कुरा गोलभेडामा अकस्मात् देखिएको लाभले सिकाएको छ । यस्ता पाठबाट नयाँ योजना र रणनीति बनाउन सके नेपालको कृषिक्षेत्रले लाभ लिन सक्छ ।

भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद होइन : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताउनुभएको छ । बुधबार नेपाल भारतमैत्री समाजको आयोजनामा ७६ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद केसीले २०१७ सालपछि नेपालको राष्ट्रवाद नै भारत र कांग्रेसको विरोध गर्नु हो भन्ने भाष्य बनेको बताउनुभयो । उहाँले अहिले पनि कहिलेकाही भारतको विरोध […]

बलिउडमा मोदी बाहुबल, सिनेमामा पनि हिन्दु राष्ट्रवाद प्रवर्द्धनको दबाब

१६ जेठ, काठमाडौं । भारतीय जनता पार्टीले सिनेमाबाट पनि हिन्दु राष्ट्रवाद प्रवर्द्धनमा जोड दिइरहेको छ । मुस्लिम समुदायप्रति असहिष्णु सिनेमा द कश्मिर फाइल्सका पोस्टर टाँस्न भाजपाकै कार्यकर्ता खटिएका दृष्टान्तदेखि ‘द केरला स्टोरी’बारे मोदी स्वयंको जबर्जस्त बचाउ त्यसका दृष्टान्त हुन् । द केरला स्टोरी केरलामा हिन्दु अतिवादीहरूले निर्माण गरेको भाष्य लभ जिहादमा केन्द्रित थियो । त्यस […]

भारतको उच्च आर्थिक वृद्धिको भाष्य एक खतरनाक मिथक

भारतीय अभिजात वर्ग, पूर्वानुमानकर्ता र अन्तर्राष्ट्रिय मिडियाले भारतको अर्थतन्त्र फस्टाउँदै गरेको बताए पनि तथ्यांक हेर्दा यथार्थ भिन्न देखिन्छ  न्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष भारतको कुल गार्हस्थ उत्पादन (जिडिपी) ६.१ प्रतिशत र...

अभियान सम्पादकीय : भारत भ्रमण कि तीर्थाटन

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका लागि तयारी थालिएको छ । तर, अहिले चर्चामा आएका विषय हेर्दा भ्रमण तीर्थाटन जस्तो मात्रै हुने देखिएको छ । नयाँ प्रधानमन्त्री बनेपछि भारत भ्रमण गर्नु नै प्राथमिकतामा पर्ने गरेको छ तर भारतसँग जेजस्ता विषयमा स्पष्ट वार्ता र सहमति हुनुपर्ने हो, जसरी भारतीय शासकमा रहेको नेपालप्रतिको अविश्वासलाई हटाउन सक्नुपर्ने हो त्यसमा भने केही प्रगति भएको अनुभव हुँदैन । हरेक भ्रमणपछि सम्बन्ध नयाँ उचाइमा पुगेको भन्ने वक्तव्य निकाल्नुबाहेक दूरगामी असर पर्ने खालका विषयमा सहमति भएको वा सहमति भएका विषय कार्यान्वयनमा लैजाने खाका तयार भएको पाइँदैन । त्यसैले भ्रमण हो कि तीर्थाटन हो भन्ने भनाइ विश्लेषकहरूमाझ रहेको पाइन्छ । नेपाल–भारत बीच सर्सर्ती हेर्दा खासै ठूलो विवाद र समस्या देखिन्न । तर, सम्बन्धको विश्लेषण गहिराइमा पुगेर गर्ने हो भने नेपाल र भारतबीच केही कुरामा अविश्वास छ भन्ने देखिन्छ । त्यस्ता अविश्वास हटाउनुपर्नेमा त्यसतर्फ खासै प्रगति भएको पाइँदैन । भ्रमणमा केही आर्थिक र प्राविधिक सहयोग तथा केही आयोजनामा सहमति वा सम्झौता हुने गरेको छ । सम्झौता कार्यान्वयन नभएको पक्षमा न नेपालले कुनै कुरा उठाउने गरेको छ न त भारतीय पक्षबाट त्यसबारे आधिकारिक धारणा नै सार्वजनिक हुन्छ । नेपालले अलि बढी नै जोड दियो भने त्यसमा थप अध्ययन गर्ने भनिन्छ तर काम अघि बढ्दैन । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनादेखि नेपाललाई थप हवाइ प्रवेशका रूट उपलब्ध गराउनेसम्मका विषयमा यस्तै हुँदै आएको छ । त्यसैले स्पष्ट लक्ष्य र योजनाविना भ्रमण गर्नुको औचित्य सिद्ध हुँदैन । अहिले हुने भनिएको भ्रमणमा पनि अनुमति प्राप्त डिजिटल वालेटहरू एकअर्काको देशमा निर्बाध सञ्चालन, काठमाडौं–रक्सौल रेलमार्ग र विद्युत् व्यापारसँग सम्बद्ध केही मुद्दामा सम्झौता हुने देखिन्छ । तर, दशकौंदेखि भारतले प्रतिबद्धता व्यक्त गरेको पञ्चेश्वर आयोजनाको मुद्दा नेपालले बिर्सिसकेको जस्तो देखिन्छ । त्यस्तै भैरहवा र पोखरा विमानस्थलको पूर्ण उपयोगका लागि अत्यावश्यक मानिएको भैरहवाबाट हवाइ प्रवेश विन्दु दिलाउने विषय नि जेलिएको छ । यो विषय सरकारले उठाउने तयारी गरेको त छ तर भारतीय पक्षले सुरक्षा संवेदनशीलताको कुरा उठाएर पन्छाउँदै आएको विषयलाई कसरी सम्बोधन गर्ने भन्नेमा नेपालको तयारी खासै देखिँदैन । अनुरोध गर्नुभन्दा पनि भारतको चासो र चिन्तालाई सम्बोधन गरेर कसरी समाधानको उपाय निकाल्ने भन्नेमा सरकारको तयारी आवश्यक देखिन्छ । भारतले नेपाललाई मित्र भने पनि भुटानलाई जत्तिको महŒव नदिएको स्पष्ट छ । विमौद्रीकरण गरिएका नोट फिर्ता नलगेकोदेखि नेपाललाई दिँदै आएको अनुदान घटाएकोसम्मका उदाहरण यसका लागि पर्याप्त छ । त्यसैले नेपालले ‘रोटी र बेटीको नाता’ भन्ने परम्परागत भाष्य तोडेर सम्बन्धको वास्तविक समस्यालाई सम्बोधन गर्ने विषय उठाउनुपर्छ । यी सबै कुराका लागि नेपालले वार्ता टेबलमा आफ्नो कूटनीतिक क्षमता र वार्ताको चातुर्य देखाउन सक्नुपर्छ । साउथ ब्लकको आँखाले भन्दा पनि राजनीतिक दृष्टिकोणले नेपाल भारतसम्बन्धलाई परिभाषित गर्ने गरी प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा तय गरिनुपर्छ । यी सबै विषय सार्वजनिक गरिने एजेन्डामा नपर्न पनि सक्छन् तर समकक्षीबीच हुने एकान्त वार्तामा नेपालले आफ्नो कुरा राख्न सक्नुपर्छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार मात्र होइन, विकास साझेदार पनि हो । त्यसो हुँदा पारस्परिक विश्वासमा धेरै काम गर्न सकिन्छ, नेपालले फाइदा लिन सक्ने क्षेत्र पनि धेरै छन् । खासगरी भारतीय पर्यटकबाट नेपालले व्यापार घाटालाई कम गर्न सक्छ । त्यसका लागि पनि नेपालले आवश्यक प्रस्ताव लैजान सक्नुपर्छ । त्यस्तै भारतीय बजारमा निर्यातका लागि व्यवसायीले भोग्नुपरेका भन्सार र गैरभन्सार अवरोध हटाउन पनि नेपाल गम्भीर हुनुपर्छ ।  मूलतः भ्रमण राजनीतिक उद्देश्यले हुने गर्छ तर त्यसको आन्तर्य भने पूर्ण रूपमा आर्थिक नै हुनुपर्छ र हुन्छ पनि । भारतले आफ्नो व्यवसायीको स्वार्थ हेर्दा नेपालले पनि त्यसैअनुसार रणनीति बनाउनु जरुरी छ । यसो नगर्ने हो भने दिल्ली दर्शनको औचित्य स्थापित हुनेछैन ।

ठूला व्यापारीको खर्चमा मोदीले रचेको हिंसात्मक हिन्दु राष्ट्रवाद

भारतीय सरकारले नागरिकलाई आश्वस्त बनाउन खोजिरहेको छ– मुलुक दुई वैदेशिक शक्तिको निशानामा छ । पहिलो बेलायत र दोस्रो अमेरिका। भारतको आर्थिक समुन्नति पाच्य नभएकाले पूर्व साम्राज्यवादी शक्ति र नवीन विस्तारवादी राष्ट्रले भारतमाथि आक्रमण गरिरहेको भाष्य …