कार्चेन लामा मन्त्री बन्न लागेको भन्दै हुम्लाका मुक्तिकामी जनता खुशी, दिन थाले बधाई

काठमाडौं, २२ माघ । हुम्लाका छिरिङ दमदोल लामा (कार्चेन) मन्त्री बन्न लागेको भन्दै हुम्लावासी खुशी भएका छन् । उनलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीको कोटाबाट मन्त्री बनाउन लागेको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले भोलि (आईतबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। लामा गैरसांसद हुन् । उनलाई मन्त्री बनाउन लागिएको थाहा पाएपछि उनको विरुद्धमा विभिन्न […]

सम्बन्धित सामग्री

हुम्लाबाट माओवादीका कार्चेन लामा निर्वाचित

हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुम्लाबाट नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले नेकपा एमाले उम्मेदवार दल रावललाई चार हजार आठ सय ५५ मतान्तरले पराजित गरेका हुन् । कार्चेनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर […]

हुम्लाबाट माओवादी केन्द्रका कार्चेन लामा निर्वाचित

९ मंसिर, हुम्ला । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ । राप्रपाका तेजबहादुर रावतले ३७९ मत पाए ।

हुम्लाको सर्केगाडमा रोकिएको मतदान पुनः सुरु

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका-३ को देवकोटा आधारभूत विद्यालय केन्द्रमा मतदान पुनः सुरु भएको छ । झडप भएपछि तनावपूर्ण बनेको उक्त केन्द्रमा मतदान सुचारु भएको हो । वारेसनामा विवादका कारण सत्ता गढबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताबीच झडप भएको थियो । त्यसक्रममा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेनाका हुद्दा […]

कार्चेन लामा विरुद्धको रिट निवेदन खारेज

उच्च अदालत सुर्खेतले कर्णाली सरकारका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) विरुद्धको रिट निवेदन खारेज गरिदिएको छ । ०७८ फागुन २ गते मध्यपश्चिम विश्वविद्यालयमा कानुन संकायमा तेस्रो वर्षमा अध्ययनरत विनिता बोगटीले मन्त्रीमा नियुक्त लामा फौजदारी अभियोग लागेको व्यक्ति भएको र त्यस्ता व्यक्ति कानुनतः सार्वजनिक पद धारण गर्न नमिल्ने भन्दै रिट निवेदन दायर गरेकी थिइन् ।प्रदेशसभा सदस्य नरहे पनि मन्त्री नियुक्त गरिएका उनी संविधानतः गैर सांसदले ६ महिनाभन्दा बढी मन्त्री हुन

कर्णालीका उद्योग मन्त्री लामा चढेको गाडि दुर्घटना

कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  कार्चेन लामा सवार गाडी दुर्घटना भएको छ। सुर्खेत–दैलेख खडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा मंगलबार दिउँसो गाडी दुर्घटनामा परेको हो । विपरित दिशाबाट आएको भे१च २४७४ नम्वरको बोलेरो जीपले मन्त्री सवार कर्णाली प्रदेश ००१ झ ००७६ नम्वरको जीपलाई ठक्कर दिँदा दुर्घटना भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गाडीमा सामान्य क्षति भएपनि मानवीय क्षति भएको छैन् । दुर्घटनामा दुवै गाडीमा क्षति पुगेको प्रहरीको भनाइ छ ।

कर्णालीका मन्त्री लामाविरुद्ध उच्च अदालतमा रिट

कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कार्चेन लामा विरुद्ध उच्च अदालतमा रिट दायर गरिएको छ। फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै मध्यपश्चिम विश्वविद्यालयमा कानुन अध्ययन गरिरहेकी विनिता बोगटीले रिट दायर गरेकी हुन् । उनले कर्णाली प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मन्त्री कार्चेन लामालाई विपक्षी बनाई रिट दायर गरेकी हुन् । नेकपा माओवादी हुम्लाका नेता रहेका कार्चेनलाई ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आर

कर्णालीमा आइतबार मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादी जुम्लाका पदम रोकाया, नेपाली काँग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।यसैबीच गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने

कार्चेन लामा भन्छन् : प्रचण्डले मन्त्री सिफारिस गरेका हुन्, विरोधको तुक छैन

२१ माघ, सुर्खेत । कर्णाली प्रदेशमा हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) लाई मन्त्री बनाउन खोजेपछि माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ । तर पार्टी अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्डकै जोडबलमा मन्त्री बन्न लागेका लामा भने ढुक्क छन् । भन्छन्, ‘विरोध गर्नुको कुनै तुक छैन ।’ अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले मूर्ति चोरीको मुद्दामा जेय सजाय भोगेको स्वीकार […]

कर्णालीमा माओवादीले गैरसांसद्लाई मन्त्री बनाउन खाेज्दा विवाद चर्कियाे

सुर्खेत : नेतृत्व परिवर्तन भएको तीन महिनापछि कर्णाली सरकारले आइतबार पूर्णता पाउने भएको छ। गत कार्तिक १६ गते नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने भएका हुन्। यी हुन् मन्त्री बन्नेहरूआइतबार सरकारलाई पूर्णता दिने तयारी गरेका मुख्यमन्त्री शाहीले माओवादीबाट गैरसांसद हुम्लाका कार्चेन लामा र जाजरकोटका सांसद गणेशप्रसाद सिंहलाई मन्त्री बनाउने भएका हुन्।त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट जुम्लाका पदम रोकाया मन्त्री बन्ने भएका छन्। नेपाली कांग्रेसबाट