काठमाण्डाै - दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनामा छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन हिजो मन्त्रालयले आवश्यक कुटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको हो । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी)कै उपस्थितिमा धामी तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मङ्गलवार बुझ...