काठमाडौँ । सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराई दिन संयुक्त राज्य अमेरिकासँग पहल सुरु गरेको छ भने चीन सरकारसँग भइरहेको पहल अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भ्याक्सिन सहयोगका लागि परराष्ट्र मन्त्रालयबाट कूटनीतिक पहल भइरहेको छ । ‘संयुक्त राज्य अमेरिकासँग कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराई दिन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल भइरहेको […]