भंगाहामा सामाजिक सद्भाव बहाली गर्न सबै पक्षले पहल गर्ने

महोत्तरीको भंगहा नगरपालिका ८ मा सामाजिक सद्भाव बहाली गर्न सबै पक्षले पहल गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वदलीय बैठकमा सहभागीहरूले आआफ्नो स्थानबाट सद्भाव बहालीका लागि पहल...

सम्बन्धित सामग्री

दुर्गा प्रसाईंलाई कारबाहीको माग

वीरगञ्ज ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले साम्प्रदायिक सद्भाव बिथोल्ने उद्देश्यले दुराशयपूर्ण अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाहीको माग गरिएको छ । वीरगञ्जका निजीक्षेत्रसम्बद्ध संघ/संस्थाले यस्तो माग गरेका हुन् । वीरगञ्ज महानगरपालिकाले कुनै पनि समुदायलाई आघात पुग्ने गरी अभिव्यक्ति दिनु निन्दनीय भएको बताएको छ । महानगरका प्रमुख राजेशमान सिंहले शनिवार विज्ञप्ति निकालेर यस्तो बताएका हुन् ।  मारवाडी समुदायलाई होच्याउने गरी दिइएको अभिव्यक्तिप्रति प्रमुख सिंहले खेद व्यक्त गर्दै साम्प्रदायिक सद्भाव र आपसी भाइचारा कायम राख्न अनुरोध गरेका छन् । बारा, पर्साका उद्यमी व्यापारीको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योग व्यापारमा अग्रणी रहेर रोजगारी र राष्ट्रिय आयमा योगदान दिएको समुदायको अपमान हुने गरी दिएको अभिव्यक्ति निन्दनीय भएको बताएको छ । संघका अध्यक्ष अनिलकुमार अग्रवालले विज्ञप्तिमार्फत भनेका छन्, ‘सामाजिक सद्भाव बिथोल्न खोज्ने व्यापारी दुर्गा प्रसाईंलाई अवाञ्छित वक्तव्यबाजी नगर्न सचेत गराउन चाहन्छौं । देशको समुन्नति, सामाजिक सद्भाव र जातीय एकतालाई सुदृढ बनाउन आआफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बेलामा नकारात्मक भाव फैलाउने, कुनै निश्चित वर्ग वा समुदायलाई होच्याउने, गिज्याउने कार्य कोही कसैबाट हुनु हुँदैन ।’  यसैबीच मारवाडी सेवा ट्रस्टका अध्यक्ष बाबुलाल चाचान, मारवाडी समाजसेवक संघका अध्यक्ष मुरलीधर रुङ्गटा र मारवाडी युवा मञ्चका अध्यक्ष गोविन्द शाहले संयुक्त विज्ञप्ति निकालेर नेपालको संविधानले कुनै जाति, धर्म, समुदायलाई होच्याउने, गिज्याउने र अपमान गर्ने गरी अभिव्यक्ति दिने छूट कसैलाई पनि नदिएको भन्दै त्यस्तो हर्कत नगर्न सचेत गराएका छन् ।  ‘कुनै व्यक्ति, जात, समूह, समुदाय र सम्प्रदायप्रति लक्षित गरी नकारात्मक, अनर्गल, आधारहीन एवं गैरजिम्मेवार अभिव्यक्ति दिने छूट नेपालको संविधानले कसैलाई दिएको छैन,’ विज्ञप्तिमा भनिएको छ ।  यसैबीच नेपाल राष्ट्रिय मारवाडी परिषद्ले व्यवसायी प्रसाईंलाई कानूनी कारबाहीको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ । व्यवसायी प्रसाईंले गत साता एक टेलिभिजन अन्तरवार्तामा ‘मारवाडी समुदायले अर्थतन्त्र तहसनहस बनाएको’ अभिव्यक्ति दिएका थिए ।