सानिमा लाइफ र रिलायन्स लाइफको एकीकृत कारोबार शुरू

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको मर्जरपछि एकीकृत कारोबार शुरू भएको छ । मर्जरपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट बिहीवारदेखि एकीकृत कारोबार गरिएको हो । दुवै इन्स्योरेन्स १:१ शेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृति दिएको थियो । यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो । संयुक्त मर्जर समितिको चैत ५ गते बसेको बैठकले मर्जर सम्बन्धी निर्णय गरेको थियो । एकीकृत बनेको कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । मर्जरअघि सानिमा लाइफ इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब रुपैयाँ र रिलायन्स इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ थियो ।

सम्बन्धित सामग्री

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स एकआपसमा गाभिने

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।...

रिलायन्स लाइफ र सानिमा लाइफ बराबरी हैसियतमा मर्जरमा जाने

२९ असार, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभ्ने-गाभिने (मर्जर)सम्बन्धी प्राराम्भिक सम्झौता भएको छ । २९ असार बुधबार बिहान दुई कम्पनीले मर्जरको लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्ष गरेका हुन् । काठमाडौंमा एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट संचालक घनश्याम […]

सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

८ असार, काठमाडौं । बुधबार सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुक क्लोज गरेपछि नेप्सेले इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयर मूल्य ३५२ रुपैयाँ २१ पैसा कायम भएको छ । मंगलबार इन्स्योरेन्सको सेयर प्रतिकित्ता […]

सानिमा लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत: ओपनिङ्ग रेन्ज कति ?

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर नेप्सेमा सूचीकरण गरिएको छ। बुधवार  नेपाल एटक एक्सचेञ्ज (नेप्से) र सानिमा लाइफ इन्स्योरेन्स बिच रु.१०० अंकित मूल्यको २ करोड कित्ता साधारण शेयर सूचीकरण सम्बन्धी सम्झौता पश्चात् शेयर सूचीकृत गरिएको हो। नेप्सेले सूचीकरण विनियमावली, २०७५ बमोजिम भाद्र १५ गतेको निर्णयानुसार सूचीकरण गरेको छ। सूचीकृत शेयर मध्ये १ करोड ४० लाख संस्थापकहरुको शेयर र ६० लाख सर्वसाधारणका लागि जारी गरिएको शेयर रहेको छ। नेप्सेले सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयरलाई "SLI" सिम्बोल प्रदान ...

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार?

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) दोस्रो बजारमा सूचीकृत भएको छ।

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडफाँड शनिबार सम्पन्न भएको छ । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्कासनमा आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ हजार ४ सय ३४ तथा अन्य कारणबाट आवेदन रद्द भएका १ लाख ०६ हजार २ सय ९२ बाहेक बाँकी रहेका योग्य आवेदनहरू २३ लाख ८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ । प्रभु क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री प्रबन्धक भई श्रावण २० गते देखि २४

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ शनिबार बाडफाँड हुने

काठमाडौँ-  सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओ भोलि शनिबार बिहान ११ बजे बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कम्पनीको आइपीओ भोलि ११ बजे सानिमा लाइफ इन्सुरेन्सको कार्यालय दरबारमार्गमा बाँडफाँड गरिने भएको हो। सानिमाको आईपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर खरिदको […]

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ खुला, सर्वसाधारणले भर्न पाउने

सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ निष्कासन भएको छ । कम्पनीले आजबाट आवेदन दिन मिल्ने गरी ६० करोड रुपैयाँबराबरको आईपीओ आवेदन माग गरेको हो

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथमिक शेयर (आईपीओ) बिक्री खुला भएको छ। इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।  कम्पनीले हाल कायम जारी पूँजी रु. २ अर्बको ३० प्रतिशत अर्थात रु....

२० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ खुल्ने, कस्तो छ कम्पनी?

साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ)को बिक्री खुल्ला हुने भएको छ।कम्पनीको आइपिओमा २४ गतेसम्म आवेदन दिन सकिनेछ।