संवेदनशील सूचना चुहाउनेलाई कानुनी कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायका पदाधिकारी वा कर्मचारीले गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई उपलब्ध गराए कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक अभिव्यक्ति दिँदै उनले राज्यले सुम्पिएको गोपनीयता जानाजान उल्लङ्घन गर्ने कसैले उन्मुक्ति नपाउने बताएका हुन्। गुरुङले पदीय जिम्मेवारी बिर्सेर संवेदनशील सूचना चुहाउने प्रवृत्ति आफूले लामो […]