गुल्मी : गुल्मी क्षेत्र २ को प्रदेशसभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन्।भुसालले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काँग्रेसका भुवन श्रेष्ठलाई १ हजार ५० मत अन्तरले पराजित गरेका हुन्।भुसालले १४ हजार ९३० मत प्राप्त गरे भने भने श्रेष्ठले १३ हजार ८८० मत प्राप्त गरेका छन्।निर्वाचन आयोगले भने अन्तिम परिणाम घोषणा गर्न बाँकी छ।