गुल्मी २ प्रदेशसभा (क) मा एमालेका भुसाल विजयी

गुल्मी – गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार डिल्लीराज भुसाल विजयी हुनुभएको छ । उहाँ १४ हजार ९ सय ३० मतसहित विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठलाई १०५० मतले जित्नुभएको हो ।   कांग्रेसका श्रेष्ठले १३ हजार ८८० मत प्राप्त गर्नुभएको छ । 

सम्बन्धित सामग्री

गुल्मी- १: प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी- गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँगै प्रदेशसभा ‘क’ मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए। यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो। जसमा […]

गुल्मी १ (क) मा एमालेका पाण्डे निर्वाचित

गुल्मी : गुल्मी जिल्ला क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १५,१२७ मत ल्याएर प्रदेशसभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।उनका प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका सुदर्शन बराल १४,२६३ मत ल्याएर पराजित भएका हुन्। पाण्डे ८६४ मतान्तरले विजयी भएका हुन्।पाण्डेसँग पराजित बराल २०६४ सालमा गुल्मी १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। बराल २०७४ सालमा वाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए।

गुल्मी १ (क) मा एमालेका पाण्डे विजयी

गुल्मी – गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ काे प्रदेश सभा (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे विजयी हुनुभएकाे छ । उहाँ ८ सय ६४ मतान्तरसहित विजयी हुनुभएकाे हाे ।  पाण्डेले १५ हजार १ सय २७ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार २ सय ६३ मत पाउनुभयाे ।

गुल्मी २ को प्रदेश सभा (ख) मा नेकपा एमालेका पन्थी विजयी

गुल्मी  – गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार दिनेश पन्थी विजयी हुनुभएको छ । उहाँ १४ हजार ९ सय २९ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार बुद्धि जिसीले १३ हजार ८ सय १९ मत प्राप्त गर्नुभयो ।

गुल्मी २ को प्रदेशसभा (ख) मा एमालेका पन्थी विजयी

गुल्मी : गुल्मी क्षेत्र २ को प्रदेशसभा (ख) मा एमालेका दिनेश पन्थी विजयी भएका छन्।पन्थीले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बुद्धिबहादुर घर्तीलाई ११० मत अन्तरले पराजित गरेका हुन्।पन्थीले १३ हजार ९२९ मत प्राप्त गरे भने घर्तीले १३ हजार ८१९ मत प्राप्त गरेका हुन्।

गुल्मी २ (ख) मा एमालेका पन्थी निर्वाचित

बुटवल- गुल्मी २(२) प्रदेश सभामा एमालेका दिनेश पन्थी निर्वाचित भएका छन् । पन्थी १३ हजार ९२९ मत ल्याएर निर्वाचित भएका हुन् । पन्थीका प्रतिस्पर्धी माओवादीका बुद्धि जिसीले १३ हजार ८१९ मत मात्र ल्याए । पन्थी ०७४ सालमा पनि बाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

गुल्मी २ को प्रदेशसभा ‘क’ मा एमालेका भुसाल विजयी

गुल्मी :  गुल्मी क्षेत्र २ को प्रदेशसभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन्।भुसालले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काँग्रेसका भुवन श्रेष्ठलाई १ हजार ५० मत अन्तरले पराजित गरेका हुन्।भुसालले १४ हजार ९३० मत प्राप्त गरे भने भने श्रेष्ठले १३ हजार ८८० मत प्राप्त गरेका छन्।निर्वाचन आयोगले भने अन्तिम परिणाम घोषणा गर्न बाँकी छ।

गुल्मी-२ मा एमालेका गोकर्ण बिष्टको तेस्रो जित

गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट विजयी भएका छन्।