कान्तिपुर दैनिकका सप्तरी सहकर्मी अवधेशकुमार झालाई प्रकाशित समाचारको विषयलाई लिएर धम्की आएको छ । २०७९ मंसिर १७ गते ‘तोकआदेशमा कर्मचारी भर्ना’ शीर्षकमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारलाई लिएर पत्रकार झालाई केही व्यक्तिले भौतिक कारबाही हुने धम्की दिएका हुन् ।