काठमाडौं : अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रकरणबारे प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जवाफ दिन अस्वीकार गरेका छन्।
बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा सीसीटीभी फुटेज प्रकरणबारे पत्रकारले सोधेको प्रश्नमा प्रहरी महानिरीक्षक सिंहले जवाफ दिन अस्वीकार गरेका हुन्।
अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्नको लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको…