पर्वत : गण्डकी प्रदेशमा आत्महत्या चुनौतीका रूपमा देखिएको छ। प्रहरीको तथ्याङ्क हेर्ने भने विभिन्न कारणले आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिन्छ।प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार वि.क.का अनुसार गण्डकी प्रदेशमा गत आर्थिक ०७७/०७८ मा ६ सय ६१ जनाले आत्महत्या गरेका छन्। तीमध्येका ६० प्रतिशत अर्थात् ३ सय ९६ जना पुरुष र ४० प्रतिशत अर्थात् २ सय ६५ जना महिला रहेका छन्।सबैभन्दा बढी कास्की जिल्लामा ६२ महिला र ९५ पुरुष गरी एक वर्षको अवधिमा १ सय ५७ जनाले आत्महत्या गरेका