महोत्तरीमा हरेक दुई दिनमा एक महिलाले गर्छन् आत्महत्या

मंसिरको पहिलो साता महोत्तरीको एकडारा गाउँपालिका–६ की चन्चलाकुमारी यादव सलले पासो लगाइरहेको अवस्थामा मृत अवस्थामा भेटिइन् । २३ वर्षीया चन्चलाको मृत्युमा आत्महत्या हो  कि आत्महत्या दुरुत्साहन भन्ने बिषयमा कुनै पहिचान हुन सकेन । प्रहरीले पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गर्दै मृतक चन्चलाको नामलाई आत्महत्या गर्नेको सूचीमा समावेश गर्‍यो । त्यसको दुई दिन नबित्दै अर्थात ९ मंसिरमा मनरासिस्वा नगरपालिका–२ कि लक्ष्मीकुमारी चौरासिया पनि घरभित्रै मृत अवस्थामा भेटिइन् । १७ वर्षीय