सक्षम विचार र सदाचारी व्यवहार भएका प्रतिनिधि चयन गर्ने कुरामा एकदमै विचार पुर्याऔं । हाम्रो एक मतदान उक्त मत प्राप्त गर्ने उम्मेदवारलाई हाम्रो सामूहिक भविष्यको निर्माण गर्ने दिइने मञ्जुरीनामा हो। बाँकी तपाईंको विचार है त !
काठमाडौं, १८ चैत । समाजवादी मोर्चा, नेपालले विचार गोष्ठीको आयोजना गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आवद्ध रहेको समाजवादी मोर्चाले चैत्र २० गते मङ्गलबार राष्ट्रिय सभा गृहमा विचार गोष्ठीको आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षलगायतका नेताहरुले सम्बोधन गर्ने […]
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी गरेका छन्।मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ पार्टी कुनै विचार नभएको पार्टी भएको बताए। उनले चित्रकला प्रतियोगिताको उदाहरण दिँदै नयाँ भनिएकाहरु प्रतिष्पर्धामा आएको तर क्यानभास भने अझै खाली रहेको ब्यंग्य गरे। उनले नयाँ पार्टीहरुलाई आफ्नो चित्र (विचार) माग्दा पुरानाहरु छाड्ने
विचार मस्तिष्कको प्रमुख मानसिक ऊर्जा हो । वास्तवमा विचार शक्ति यस संसारको सबैभन्दा शक्तिशाली ऊर्जा हो । विचारले नै मानिसको शारीरिक ढाँचा, हालचाल, असल आचारण तथा चरित्र निर्धारित गर्दछ । त्यसैले भन्न सकिन्छ ः मानिस आफंै आफ्नो चरित्र निर्माता हो । विचार प्रकाशभन्दा पनि अधिक वेगवान् छ, अति सूक्ष्म र बलवान् छ । प्रकाशको गति […]
The post ब्रेन, विचार र विज्ञान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीले चन्द्रागिरि नगरपालिका–१, खहरे मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले आफूले भोटको रूपमा विचार खसालेको बताएका छन् ।उनले भोट हालेको तस्बिरका साथ लेखेका छन्, ‘भोट होइन विचार खसाले । परम्परा होइन परिवर्तन अंगाले ।’
दार्शनिक, विचार निर्माता वा सिद्धान्तकार विज्ञानदेखि टाढा बस्नुहुँदैन । विज्ञानका आविष्कार, खोज र निरुपित नियमभन्दा बाहिर बसेर न सिद्धान्तको निर्माण हुन्छ न देशको विकास । विज्ञान, विचार र राजनीतिलाई जति धेरै जोड्न सकियो, त्यति धेरै प्रभावकारी नीति, योजना र कार्यक्रम बन्ने हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार भुत्ते भएको पार्टीले केही गर्न नसक्ने ठोकुवा गरे । पार्टीको केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै नेपालले विचार शून्य भएको पार्टीका नेता कार्यकर्ताले समेत केही गर्न नसक्ने बताए ।‘जुन पार्टीमा विचार हुँदैन, विचार भुत्ते भएको पार्टीले केही गर्न सक्दैन । विचार शून्य भएको कार्यकर्ताले केही गर्न सक्दैन’ नेपालले भने, ‘सर्वहारा क्रान्तिकारी दृष्टिकोण राखेर मार्क्सवादी दृष्टिकोण बोकेर जानु पर्छ । मित्र र दुस्मनलाई चिन्न सक्
काठमाडौं : पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ। डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचार पुस्तकमा उल्लेख गरेको बताएका छन्।लोकार्पण कार्यक्रममा बोल्दै पूर्वगभर्नर नेपालले नेपाली कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताए। उनले विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नहुनु राम्रो नहुने चर्चा गरे।डा. नेपाल
काठमाडौं, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान विचार भएका समुहहरुसँग एकता प्रक्रिया अघि बढाउने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले समान विचार भएका समुहहरुसँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । नवनिर्वाचित कार्यसमितिको पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले समान विचार भएकाहरुसँग वार्ता गर्नका लागि महामन्त्री धवल शमशेर राणाको संयोजकत्वमा […]
अबका दिनमा नेपालको विश्वविद्यालय शिक्षामा नेपाली धरातलमा जन्मिएका सबै राजनीतिक विचार, दृष्टिकोण र सिद्धान्तहरूले विनापूर्वाग्रह प्रवेशको अवसर पाउनुपर्छ
मदन भण्डारीको जनताको बहुदलीय जनवाद, बिपी कोइरालाको समाजवाद, पृथ्वीनारायण शाहको देश एकीकरणको धार...