नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार भुत्ते भएको पार्टीले केही गर्न नसक्ने ठोकुवा गरे । पार्टीको केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै नेपालले विचार शून्य भएको पार्टीका नेता कार्यकर्ताले समेत केही गर्न नसक्ने बताए ।‘जुन पार्टीमा विचार हुँदैन, विचार भुत्ते भएको पार्टीले केही गर्न सक्दैन । विचार शून्य भएको कार्यकर्ताले केही गर्न सक्दैन’ नेपालले भने, ‘सर्वहारा क्रान्तिकारी दृष्टिकोण राखेर मार्क्सवादी दृष्टिकोण बोकेर जानु पर्छ । मित्र र दुस्मनलाई चिन्न सक्