गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले प्रदान गरेको होमस्टे प्रवर्द्धन कार्यक्रममा दोब्बर रकम थपेर यहाँका बासिन्दाले पदमार्ग बनाएका छन् । काठेखोला गाउँपालिका–७ को रेसमा पाहुना आकर्षित गर्न होमस्टे र पार्क निर्माण गरिएको हो । रेशस्थित डोठेदेउराली होमस्टे व्यवस्थापन समितिले पाएको १० लाख रुपैयाँमा झन्डै उत्तिकै रकम बराबरको श्रमदान र चन्दा संकलन गरेर पदमार्ग बनाइएको वडा अध्यक्ष प्रेम लामिछानेले बताए ।