काठमाडौं, असार २। सरकारले कार्यसम्पादनका आधारमा मात्रै अब सामुदायिक क्याम्पसलाई अनुदान दिने भएको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत सामुदायिक क्याम्पसलाई वितरण हुने अनुदान क्याम्पसको कार्यसम्पादनमा आधारित बनाइने भएको हो । आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले सामुदायिक क्याम्पसलाई दिने अनुदान अब क्याम्पसको कार्यसम्पादनका आधारमा मात्रै वितरण गर्ने नीति रहेको जनाए। क्याम्पसमा अध्ययनरत विद्यार्थी सङ्ख्या, क्याम्पसको […]