पर्वत : कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले आर्थिक वर्ष २०८०/०८१ का लागि कृषकलाई पाँच करोड रुपैयाँभन्दा बढी अनुदान दिने गरी कार्यक्रम आह्वान गरेको छ। कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषि समूह तथा कृषि सहकारीले संस्थाले आवेदन गरेपछि विभिन्न मापदण्डबाट छनोट भएकाहरूलाई ५० देखि शतप्रतिशतसम्म अनुदान दिने गरी पाँच करोड २९ लाख ५० हजार रुपैयाँ अनुदान दिन लागिएको कार्यालय प्रमुख परशुराम अधिकारीले बताए। उनका अनुसार फलफूल बाली विकास आयोजनामा ५० प्रतिशत अनुदान दिने गरी ८५ लाख रुपैयाँ अनुदान दिइने छ,