म्याग्दीको घोडेपानीमा गुराँस पार्क बनाउने तयारी

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–७ फूलवारीमा गुराँस पार्क निर्माणको तयारी थालिएको छ। गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालयको समन्वयमा राष्ट्रिय फूल लाली गुराँसको संरक्षण र विदेशी तथा स्वदेशी पर्यटक प्रवर्धन गर्ने उद्देश्यले घोडेपानीको फूलवारीमा गुराँस पार्क बनाउने तयारी भएको हो।गण्डकी प्रदेश सरकारले गत असारमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा म्याग्दीमा गुराँस पार्क बनाउने घोषणा गरेको थियो। अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको घोडेपानीमा गुराँसको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न

सम्बन्धित सामग्री

तेह्रथुमको तिनजुरेमा राष्ट्रिय लालीगुराँस पार्क निर्माण हुने

तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगममा रहेको तिनजुरेमा पर्यटकलाई थप आकर्षित गर्न राष्ट्रिय लाली गुराँस पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि शहरी विकास मन्त्रालयबाट एक करोड रुपैयाँ विनियोजन भइसकेको छ । पूर्वी पहाडी क्षेत्रको तिनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्र गुराँसको राजधानीको रुपमा प्रसिद्ध पर्यटकीय गन्तव्य हो । खासगरी यस क्षेत्रमा गुराँस […]

घोडेपानीमा गुराँस ‘पार्क’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो।...

पुनहिलमा ‘गुराँस पार्क’ बन्दै

पदयात्राका लागि उत्कृष्ट गन्तव्य गुराँसे बस्ती घोरेपानी पुनहिल क्षेत्रमा ‘गुराँस पार्क’ बन्ने भएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोरेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरलाई पार्क बनाउन लागिएको हो ।

अधकल्चा पार्क

नेपालभर पाइने ३२ थरीका गुराँस रोपेर अन्नपूर्ण गाउँपालिका–७ फूलबारी डाँडाखर्कमा पार्क बनाउने योजना अलपत्र छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको ९ लाख ६० हजार र समुदायको १ लाख १० हजार गरी १० लाख ७० हजार रुपैयाँको लागतमा गुराँस पार्क बनाउने योजना थियो । डिभिजन वन कार्यालय म्याग्दीले पार्क बनाउनुपर्ने भए पनि हालसम्म गुराँसका बेर्ना सारिएका छैनन् ।

पर्यटक लोभ्याउँदै गुराँस

तेह्रथुम । तेह्रथुमको चोलुङ पार्कमा फुलेको रत्ताम्यै गुराँसले पर्यटकलाई स्वागत गरिरहेको छ । पार्कको छेउमा फुलेको गुराँससँगै यतिबेला सेल्फी लिने र टिकटक बनाउनेको भिड लाग्न थालेको छ । पार्कमा फुलेको गुराँससँग रमाउन स्थानीय तथा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको स्थानीयबासीको भनाइ छ । यही कारण तिनजुरे मिल्के जलजले (टिएमजे) को प्रवेशद्धारको रुपमा रहेको पार्क […]

तेह्रथुममा लालिगुराँसले पर्यटकलाई आकर्षित गर्दै

तेह्रथुम । तेह्रथुम जिल्लामा यतिबेला फुलेका लालिगुराँसले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । चोलुङ पार्कमा फुलेको राताम्मे लालिगुराँस हेर्न, सेल्फी लिन र टिकटक बनाउनेको भीडपनि दैनिकजसो बढ्न थालेको छ । तिनजुरे, मिल्के जलजले टिएमजेको प्रवेशद्धारको रुपमा रहेको पार्क पर्यटकले भरिभराउ बन्न थालेका छन् । गुराँसको राजधानी टिएमजेको तल्लो क्षेत्रमा गुराँस फुल्न सुरु गरेसँगै आन्तरिक पर्यटक […]

म त वनैभरि फुलिदिन्छु (फोटो फिचर)

म्याग्दी : वसन्त ऋतुको याम। प्रकृति दुलही झैं सिंगारिने समय हो यो। त्यसमा पनि विभिन्न प्रजातीका गुराँस फुलेपछि म्याग्दीका पाखा पखेरा, वन‚ जंगल अहिले गुलजार भएका छन्।लाली गुराँसको हब भनेर चिनिएको म्याग्दीको पर्यटकीय क्षेत्र घोडेपानी मात्र होइन जिल्लाका अधिकांश स्थानमा ढकमक्क लालीगुराँस फुलेको छ। १९ प्रजातिका लालीगुराँस पाइने घोडेपानी क्षेत्रमा गण्डकी प्रदेश सरकारले लालीगुराँसको पार्क नै बनाउने योजना ल्याएको छ।रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका जंगल पनि लालीगुराँसका फूलले रंगिन बनेको छ।

पर्यटकीयस्थल पुनहिल-घोरेपानीमा गुराँस पार्क बनाइने

म्याग्दी-गण्डकी प्रदेश सरकारले म्याग्दीको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६ रहेका पुनहिल–घोरेपानी क्षेत्रमा गुराँस पार्क बनाउने योजना बनाएको छ । अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको घोरेपानीमा गुराँसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गुराँस पार्क बनाउन लागिएको हो ।गण्डकी प्रदेश सरकारले घोरेपानीमा गुराँस पार्क बनाउने योजना समेट्दै आवश्यक बजेट विनियोजनमा पहल गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा […]

घोडेपानीमा बन्दै लालीगुराँस पार्क

प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा लालीगुराँस पार्क बनाउन लागिएको छ। घोडेपानी र पुनहिलको भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न लालीगुराँस पार्क बनाउन लागिएको हो। लालीगुराँस पार्कले पर्यापर्यटन अभिवृद्धि गरी टेवा पु¥याउने विश्वास गरिएको छ। अन्नपूर्ण पदयात्रामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई घना गुराँसे जङ्गलको अवलोकन गराउने, पर्यटकको बसाइ लम्बाउने र पर्यटकलाई घोडेपानीमा थप आकर्षित गर्ने उद्देश्यले डिभिजन वन कार्यालयमार्फत लालीगुराँस पार्क निर्माण थालिएको हो। घोडेपानीको जङ्गलमा मात्र आठ प्रजातिका गुराँस पाइने गर्दछन्।