म त वनैभरि फुलिदिन्छु (फोटो फिचर)

म्याग्दी : वसन्त ऋतुको याम। प्रकृति दुलही झैं सिंगारिने समय हो यो। त्यसमा पनि विभिन्न प्रजातीका गुराँस फुलेपछि म्याग्दीका पाखा पखेरा, वन‚ जंगल अहिले गुलजार भएका छन्।लाली गुराँसको हब भनेर चिनिएको म्याग्दीको पर्यटकीय क्षेत्र घोडेपानी मात्र होइन जिल्लाका अधिकांश स्थानमा ढकमक्क लालीगुराँस फुलेको छ। १९ प्रजातिका लालीगुराँस पाइने घोडेपानी क्षेत्रमा गण्डकी प्रदेश सरकारले लालीगुराँसको पार्क नै बनाउने योजना ल्याएको छ।रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका जंगल पनि लालीगुराँसका फूलले रंगिन बनेको छ।