नेपालभर पाइने ३२ थरीका गुराँस रोपेर अन्नपूर्ण गाउँपालिका–७ फूलबारी डाँडाखर्कमा पार्क बनाउने योजना अलपत्र छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको ९ लाख ६० हजार र समुदायको १ लाख १० हजार गरी १० लाख ७० हजार रुपैयाँको लागतमा गुराँस पार्क बनाउने योजना थियो । डिभिजन वन कार्यालय म्याग्दीले पार्क बनाउनुपर्ने भए पनि हालसम्म गुराँसका बेर्ना सारिएका छैनन् ।