तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारीसाधनलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उलङ्घन गर्ने तथा यात्रुलाई टिकट नदिइ बढी भाडा लिने चार जीप तथा तीन हाईस गरी सात वटा सवारीसाधनलाई आज कारवाही गरिएको छ । कारवाहीमा परेका सवारीसाधनबाट रु ६ हजार ५०० जरिवाना समेत लिइएको छ । जिल्लामा सञ्चालन भइरहेका सावरी साधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि यहाँको स्थानीय प्रशासनले छड्के अनुगमन शुरु गरेको छ । दोस्रो चरण