काठमाडौं । महिन्द्राले नेपालमा ‘एक्सयूभी ३००’ सार्वजनिक गरेको छ । लाजिम्पाटस्थित आफ्नै शोरूममा कम्पनीले एसयूभी सेगमेन्टको उक्त गाडी सार्वजनिक गरेको हो । यसको शुरुआती मूल्य ४२ लाख ९५ हजार रुपैयाँ र अधिकतम मूल्य ६० लाख रुपैयाँ रहेको बताइएको छ । कम्पनीका अनुसार महिन्द्रा एक्सयूभी ३०० को इन्जिन १.२ लिटरमा उपलब्ध छ । ग्लोबल एनक्यापको टेष्टमा यसले ५ स्टार सेफ्टी रेटिङ पाएको छ । यसको डिजाइन गर्दा सुरक्षालाई प्राथमिकता दिइएको बताइएको छ । केही समयअघि मात्रै महिन्द्राले नेपालमा ‘एक्सयूभी ७००’ सार्वजनिक गरेको थियो ।