एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले नेपालमा एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ सार्वजनिक गरेको छ। राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा यो गाडि सार्वजनिक गरिएको हो।...
काठमाडौं। अग्नि ग्रुपले जनकपुरधाम उपमहानगरपालिका–२ मा महिन्द्राको नयाँ ट्वीन पिक्स ब्राण्डेड आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभीहरू स्कर्पियो एन, एक्सयूभी सेभेन डबल ‘ओ’ र एक्सयूभी थ्री डबल ‘ओ’ सार्वजनिक गर्दै शोरुम सञ्चालनमा ल्याएको हो । महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष (अन्तरराष्ट्रिय अपरेसन अटो) जोयदीप मोइत्राले कम्पनीका सबै विक्री साइटमा समानस्तरको सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि हासिल गरेको बताए । ऋचा मोटर्सका प्रबन्ध निर्देशक राजेश अग्रवालले अग्नि इन्कर्पोरेटिभको जनकपुर डिलरले नयाँ चुनौतीलाई सामना गर्दै नयाँ ट्वीन पिक्स ब्राण्डेड महिन्द्राका एसयूभी स्पेयर पार्टहरूसँग गुणस्तरीय विक्री र सेवा प्रदान गर्ने बताए । अग्नि ग्रुपका डेप्युटी सेल्स डाइरेक्टर वरदान बस्नेतले नयाँ ट्वीन पिक्स सिरिजले मधेश प्रदेशमा सकारात्मक बजार कायम राख्ने अपेक्षा गरे ।
काठमाडौं । महिन्द्राको पछिल्लो एसयूभी स्कर्पियो एनमा आधारित पीकअपको कन्सेप्ट सार्वजनिक गरेको छ । हिजो दक्षिण अफ्रिकाको केपटाउनमा एक कार्यक्रम गर्दै महिन्द्राले स्कर्पियो एनको दखाएको हो । महिन्द्राले ग्लोबल पीकअप मोडल भनि सार्वजनिक गरेको कन्सेप्टको उत्पादन बजारमा आउन भने अझै २ वर्ष लाग्नेछ । स्कर्पियो एनकै प्लेटर्फम र डिजाइनमा बन्ने पीकअप ‘नेक्ट जेनेरेशन ल्याडरफ्रेम आर्किटेक्चर’मा […]
काठमाडौं । महिन्द्राले ‘द अल न्यू स्कर्पियो–एन’ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ‘द अल न्यू स्कर्पियो–एन’ नेपालमा महिन्द्राको एसयुभी लाइनअपमा थप सवारीसाधन हो । महिन्द्राले नयाँ स्कर्पियो–एन सार्वजनिक गरेसँगै काठमाडौं, इटहरी र धनगढीमा आफ्नो एसयुभी नेटवर्क विस्तार गरेको जानकारी दिएको छ । ‘द अल न्यू स्कर्पियो–एन’ले विद्यमान उत्पादन श्रेणीमा क्रमभंगताका साथ कार्यसम्पादन प्रदर्शन, क्षमता, प्रविधि, ह्यान्डलिङ, एनभीएच, इन्टेरियर लगायतमा पहिचान स्थापित गरेको कम्पनीको भनाइ छ । ‘द अल न्यू स्कर्पियो–एन’ को प्रारम्भिक मूल्य रू. ८१ लाख ५० हजार रहेको र यो मूल्य सेप्टेम्बर ३० सम्म मात्र लागु हुने बताइएको छ । यो गाडीमा ३ वर्ष वा एक लाख किलोमिटरको वारेन्टी रहेको कम्पनीको भनाइ छ । महिन्द्रा एण्ड महिन्द्राका अन्तरराष्ट्रिय अपरेशन, अटोमोटिभ सेक्टरका प्रमुख सचिन अरोलकरले यसका हरेक विशेषता उत्कृष्ट रहेको भन्दै ‘द अल न्यू स्कर्पियो–एन’ले महिन्द्राको प्रामाणिक एसयुभीहरूको नयाँ युगको प्रतिनिधित्व गर्ने बताए ।
काठमाडौं । महिन्द्राको बहुप्रतिक्षित स्कर्पियोले रेकर्ड बुकिङ पाएको छ । महिन्द्राले भारतीय बजारको लागि आज बिहान ११ बजेबाट अनलाइन बुकिङ खुल्ला गरेको थियो । कम्पनीले बुकिङ खुल्ला गरेको ६० सेकेन्डमा नै २५ हजार बुकिङ पाएको तथ्यांक सार्वजनिक गरेको छ । कम्पनीले करिब ३० मिनेट बुकिङ खुल्ला गरेको थियो । ३० मिनेटमा १ लाख यूनिट बुकिङ […]
काठमाडौ । एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ को सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर कम्पनीले सो गाडी सार्वजनिक गरेको हो । कार्यदक्षता, प्रविधि, क्षमता र नविन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध बिरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज […]
काठमाडौं । महिन्द्राको बहुप्रतिक्षित मोडल स्कर्पियोको नयाँ मोडल नेपालमा सार्वजनिक भएको छ । पूर्णत आधुनिक डिजाइन, हाइटेक सुरक्षा फिचर, सुरक्षाको हिसाबले अब्बल दाबी गरिएको स्कर्पियो एन निकै आकर्षक देखिन्छ । स्कर्पियो बजारमा आएको २० वर्ष पुरा भएको छ । पहिलो पटक सन् २००२ मा आएको स्कर्पियोले ठिक २० वर्षपछि आफ्नो रुप परिवर्तन गरेको छ । […]
काठमाडौं । महिन्द्राको बहुप्रतिक्षित स्कर्पियो एन आज भारत र नेपालमा एकै साथ सार्वजनिक हुने भएको छ । महिन्द्रा एण्ड महिन्द्राको बहुचर्चित स्कर्पियो मोडलको नयाँ जेनेरेशनको रुपमा यो मोडल बजारमा आउन लागेको हो । नेपालमा पनि महिन्द्रा स्कर्पियोको सफलतालाई मध्यनजर गर्दै कम्पनीले सार्वजनिक गर्न लागेको हो । महिन्द्रा स्कर्पियो नेपालका सबै किसिमका सडकमा उत्कृष्ट पर्फमेन्स गर्न […]