महिन्द्राको नयाँ ‘एसपी प्लस’ ट्र्याक्टर शृंखला नेपाली बजारमा

काठमाडौं (अस) । महिन्द्राको नयाँ एसपी प्लस’ ट्र्याक्टर शृंखला नेपालमा शुरुआत गरिएको छ । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्वीपमेन्ट सेक्टर (एफईएस)ले आफ्ना सबै नयाँ ‘एसपी प्लस’ ट्र्याक्टर शृंखला नेपालमा शुरुआत गरेको हो । उक्त ट्र्याक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओसहितको डुअल क्लच, उच्च लिफ्ट क्षमतायुक्त रहेको दाबी कम्पनीले गरेको छ । त्यस्तै, हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरू ट्र्याक्टरमा रहेको बताइएको छ । ट्र्याक्टरले कृषि र ढुवानी उपयोगमा किसानको उत्पादकत्वमा वृद्धिमा सहयोग पुर्‍याउने बताइएको छ । नयाँ महिन्द्रा एसपी प्लस ट्र्याक्टरहरू जेठ ७, ८ र ९ गते क्रमश: बिर्तामोड, विराटनगर र जनकपुरमा विक्री शुरू गरिएको कम्पनीले बताएको छ । शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लि (भारत) र अग्नि ग्रूपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता थियो । कम्पनीले यसै साता उक्त नयाँ एसपी प्लस सिरिजको ट्र्याक्टर वीरगञ्ज, चितवन र नेपालगञ्जमा पनि सार्वजनिक गर्ने जानकारी दिएको छ ।