काठमाण्डौ - काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता थपिने भएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा आज रातिदेखि सकिन लागेकाले केही खुकुलो बनाउँदै एक हप्ता थप्न लागेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको हिजोको बैठकले एक हप्ता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको भए पनि त्यसमा के कस्ता मापदण्डहरु कायम गर्ने भन्नेबारेमा आज बस्ने बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकामा जोर बिजोर प्रणालीमार्फत सार्वजनिक गाडी सञ्च...