अरुण उपत्यका क्षेत्रमा उत्पादन हुने रुद्राक्षको मुख्य बजार चीन रहेको छ । यहाँ उत्पादित रुद्राक्ष थोरै मात्रामा भारत जाने भए पनि धेरैजसो चीन नै जाने गरेको छ ।
रुद्राक्षको प्रयोग भारतमा धार्मिक उद्देश्यले हुने गरेको छ । भारततर्फ निर्यात नहुने पाँचमुखे चीनमा रामे व्यपार छ । केही वर्षअघिसम्म सातदेखि बढी मुख भएको (मुखदार) रुद्राक्षको माग बढी हुने गरेको भए पनि पछिल्लो समय पाँचमुखे पनि बिक्री हँुदै आएको छ । यस्ता रुद्राक्ष चिनियाँ व्यापारीले खोज्ने गरेका छन् ।